कतारमा दार्शनिक डा.योगी बिकाशानन्द आउने
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
“आफ्नो लागि साधना अरूको लागि सेवा”, “संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ”, भन्ने मूल नाराका साथ विकाशानन्द फाउन्डेसन विश्व परिवार कतारको आयोजनामा “योग साधना“ कार्यक्रम हुने भएको छ । जीवन योग प्रयोगशाला दोहा, कतारको सहकार्यमा आगामी फेब्रुअरी २१ तारिक का दिन श्रद्धेय डा. योगी विकाशानन्द र माता कमलेश्वरी आनन्दको साथमा दोहाको प्लाजा इन होटेलमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा डा विकासानन्द द्वारा एक दिवसीय मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, खुसी हुने कला र तनाव व्यवस्थापन साथै व्यक्तित्व विकास र सकारात्मक जीवनशैली सम्बन्धी विशेष प्रशिक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पछिल्लो समय कतारमा रहेका थुप्रै नेपालीहरूमा देखा परेका डिप्रेसन, एन्जाईटी, अनिन्द्रा लगायतका समस्याका व्यक्तिलाई गुरु देव र गुरु आमाको सहजीकरणमा कसरी खुसी हुने, मा...
