सिन्धुपाल्चोक जिल्लाको सदरमुकमा चौतारामा मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजना र जुगल गाँउपासिलकाको आर्थीक सहयोगमा स्थानीय क्रियाशील सञ्चारकर्मीहरुको लागि मल्टिमिडिया पत्रकारिता तालिम शनीबार पत्रकार महासघंको बहुउद्धेश्यीय कक्षाहलमा सुरु भएको हो ।
शाखा कार्यालयको बहुउद्धेश्यीय कक्षमा जारी तालिमको समुद्घाटान गर्दै जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोलेमिडिया बजारमा खरो प्रतिस्पर्धा गर्न सञ्चारकर्मी दक्ष हुनुपर्नेमा जोड दिनु भयो । उँहाले महआसघले गरेको यो तालिमले जिल्लामा पत्रकारिताको बकिास हुने बताउँदै आगामी बर्ष पनी महासघलाइ यस्ता सिपमुलक र उपलबधीमुलक कामकका लागी सहयोग गरिरहने बताउाँनु भयो । नेपाल पत्रकार महासघ जिल्ला शाखा अध्यक्ष ध्रुव दङ्गालले जिल्लाका सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि गर्न यस्ता तालिमका कार्यक्रमलाई तीव्र बनाउने बताउँनु हुँदै यो तालिमको व्यवस्था गरिदिएकोमा जुगल गाँउपालिका परिबार प्रती बिशेष धन्यबाद दिनु भयो ।नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकका कोषाध्यक्ष दिपक खत्रीले उपस्थितीहरुलाइ मन्तब्य द्धारा स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष दिपक अर्यालले खादा लगाएर महासघंको तर्फबाट अतिथीहरुलाइ स्वागत गर्नु भएको थियो तालिममा १८ सञ्चारकर्मीको उपस्थिति रहेको छ ।तालिमलाई विषय विज्ञ प्रवेश सुवेदी र रजनीश भण्डारीले सहजीकरण गरिरहनु भएको छ । सञ्चारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित तालिम माघ ५ गतेसम्म तीन दिन चल्ने महासंघका उपाध्यक्ष कमला पाखीनले जानकारी दिनु भयो । सो अबशरमा प्रमुख अतिथिलाइ महासघंले स्थपना दिबशको लोगो अङ्कीत कप सहीत माँयाको चिनो प्दान गरिएको थियो । नेपाल पत्रकार महसघले यसरी सबै क्षेत्रका सञ्चार कर्मीहरुलाइ समेटेर यो तालिमको आयोजना गरेको र तालिममा सहभागी हुन पाउँदा आफुलाइ खुशी लागेको रेडीयो मिशनका सञ्जय तामाङले बताउँनु भयो ।
