जग्गा वर्गीकरण : अलमलमै स्थानीय सरकार
चण्डीका नेपाली
भूउपयोगको क्षेत्र परिवर्तन गर्न झन्झटिलो हुने भएपछि सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । सरकारले स्थानीय तहलाई दुई वर्षअगाडि नै जग्गाको वर्गीकरण गर्न आग्रह गरे पनि अहिले मेलम्ची नगरपालिका रसुनकोशी गाउँपालिकाले मात्रै जग्गाको वर्गीकरण गरेका छन् । सरकारले गत जेठ २३ गते भूउपयोग नियमावली जारी गरेयता सिन्धुपाल्चोकमा जग्गा कित्ताकाट र अंशबन्डाको काम पूर्ण रुपमा रोकिएको हो ।
भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्रै जग्गाको कित्ताकाट हुने व्यवस्था रहेको र जिल्लाका अधिकाँश स्थानीय तहले जग्गाको वर्गीकरण नगरेको मालपोत अधिकृत बाृगराज शर्मा कट्टेललले जानकारी दिनुभयो । ‘सुरुमा ६ महिनाको समय अवधि तोकेर स्थानीय तहलाई जग्गा वर्गीकरण गर्न भनिएको थियो, तर अहिलेसम्म मेलम्ची नगरपालिका र...
