सिन्धुका गुरुङ सहित ४ राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक
नेपाल तेक्वान्दो संघद्वारा आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद प्रशिक्षक तथा हिराहरि तेक्वान्दो डोजाङ्ग प्रमुख रमेश गुरुङसहीतको सहभागीतामा जेष्ठ ३ देखि ५ गतेसम्म सफलतापुर्बक सम्पन्न भएको छ ।
गुरुङ सहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङ पनि यस अघी निर्णयक बनी सक्नु भएको थियो भने तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक सेमिनारमा लिसंखुपाखर गाउँपालिकाका प्रशिक्षक तथा लिसंखुपाखर तेक्वान्दो डोजाङ्गका प्रमुख इश्वर भण्डारी र हिराहरि तेक्वान्दो डोजाङ्गका तेस्रो डान कालोपाटी सुदिप तामाङले पनि सेमिनार सफलतापुर्बक सम्पन्न गर्नु भएको छ । सेमिनारमा उतिर्ण भएसंगै सुदिप तामाङ र इश्वर भण्डारी राष्ट्रिय पुम्से निर्णायक हुनु भएको छ ।
नेपाल ते...
