अपाङ्गता भएकाहरुलाई बाख्रा सहयोग
देवराज सुवेदी
जीविकोपार्जन सहज बनाउन सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले अपाङ्गता भएका ‘ग’ र ‘घ’ वर्गका २० जनालाई बाख्रा सहयोग गरेको छ । बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् । बिहिबार एक कार्यक्रमकाबिच पालिकाले वडा न ७, भोटेनाम्लाङका १२ र वडा न ८, लाँगर्चेका ८ गरी २० जना अपाङ्गता भएका व्यक्ति लाई बाख्रा सहयोग गरेको हो । अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनमा टेवा पुगोस भन्ने हेतुका साथ सहयोग गरिएको पालीकाले जनाएको छ । यी क्षमता भएका ब्यक्तिहरु प्राय सामान्य खेती किसान गर्न सक्ने क्षमतका छन सो ब्यक्तिहरु लाई गाउँपालिकाले सहयोग गर्दा उनिहरुको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा सहित कार्यक्रम गरिएको गाउँपालिकाका महिला बालबालीका शाखाकी प्रमुख सारदा उप्रेतीले बताउनुभयो ।
आ.ब ०७९÷८० को महिला तथा बालबालिका शाखाको कार्यक्रम अन्र्तगत पालिका स्तरीय अपाङ्ग समुहलाई कार्यक्रम द...
