बाल बिवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया चौतारामा
बाल बिवाह न्युनिकरण सम्बन्धि चौतारामा एक अन्तर क्रिया कार्यक्रम भयको छ । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगर उपप्रमुख सीता थापाको विशेष अतिथ्यतामा आदिबासि जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रमआगामि दिनमा कसरी बालिववाहलाई सुन्यमा लान सकिन्छ भन्ने र आगामी दिनमा गरिने कायक्रमका बारेमा जानकारि का बारेमा केन्द्रीत रहेको थियो । कार्यक्रममा चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर के सि ले बालविवाह गैरकानु नि भयको बताउँदै यस्ताखालका कृयाकलापको अन्त्य गर्नका लागि सबै मिलेर कानुनको पालना गर्न गराउन पर्ने बताउँनु भयो। उँहाले यस्ता कार्यक्रम गाँउ मुखी हुन पर्ने बताउानु भयो । कार्यक्रममा नगर उपप्रमुख सीता थापाले कुनै पनि संस्थाले काम गर्दा कति प...
