पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न सक्दैन ः अध्यक्ष ढकाल
आसन्न स्थानीय तहको निर्बाचनको मिति नजिकिए सँग नेपाल परिवार दलले चुनाब केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ । बैकल्पीक प्रजातान्त्रीक धारको रुपमा नेपालको राजनीतिमा आएको परिवार दलको नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार नुवाकोट विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
दलका जिल्ला अध्यक्ष शिवकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरुको आयु सकिएको बताउदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो बिकासको साधक हनुपर्ने नेताहरुनै बाधक बनेकोले स्थानीय तहमा अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको बताउनुभयो । पूर्वमन्त्री समेत रहेका ढकालले देश परिवर्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वको प्रमुख भु...
