भक्तपुरमा पुर्बराजाको भव्य स्वागत
२०४६को आन्दोलन होस या ६२÷६३ हरेक आन्दोलनलाइ सफलताको उचाइमा पुर्याउँने भक्तपुर बासी ले राजतन्त्रको अन्त गरेर गणतन्त्र ल्याउँनमा पनी त्यतीकै भुमिका निर्बाह गरेर गणतान्त्रीक राज्य बनाउँन लागी परेका भक्तपुर बासी फेरी राजतन्त्रको पक्षमा देखीएका छन । आइतबार पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाह भक्तपुर को भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्न जाँदा देखीएको भिड त्याँहा लगाइएको नाराले यसको पुष्टी गरेको छ ।पुर्ब राजा शाहले आइतबार अपरान्ह तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नु भएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान ...
