सम्पर्क

समाजसेवी श्रेष्ठ दम्पतीद्वारा थुम्पाखर स्वास्थ्य चौकिलाई सहयोग

कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं. ६ स्थित रहेको थुम्पाखर स्वास्थ्य चौकिलाई केदारनाथ श्रेष्ठ र उहाँको धर्म पत्नि लिलादेवि श्रेष्ठले नगद तथा जिन्सी सहयोग गर्नु भएको छ ।
श्रेष्ठ दम्पतीले सुनकोशी – ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेतले सुरू गर्नुभएको तारा चक्र फाउन्डेसनको अक्षयकोषमा रू १००,०००÷– (एक लाख रूपैयाँ) सहयोग गर्दै थुम्पाखर स्वास्थ्य चौकीको लागि गर्ववती महिलालाई चाँहिने लत्ताकपडा लगायत विभिन्न स्वास्थ्य सामाग्री मंगलबार एक कार्यक्रमको बिच हस्तान्तरण गर्नुभएको थियो । समाजसेवी श्रेष्ठ १९९७ साल मंसिरमा भोजपुर जन्मीनु भएको थियो । सानैदेखि समाज सेवाको भाव राख्ने श्रेष्ठको संखुवासभामा जन्मनु भएकी लिलादेवी श्रेष्ठसँग २०२२ सालमा बिबाह भएको श्रेष्ठले बताउनु भयो । केदारनाथ शिक्षण पेशामा लाग्नु भयो भने श्रीमती लिलादेवी श्रीमानको रेखदेख गर्दै घर समाल्नु भयो । श्रेष्ठ भोजपुरको विद्यालय माविको प्रअ हुँदै जिल्लाकै प्रथम अंग्रेजी पढाइ हुने भोजपुर क्याम्पस प्रमुख हुनुभएको थियो । ३६ बर्ष शिक्षण पेशा समाहल्नु भएका श्रेष्ठ काठमाडौंको रत्न राज्य क्याम्पस प्रमुख भएर रिटाएर हुनुभएको थियो । हाल काठमाडौं नरेफाटमा बस्नुहुने दम्पती साहित्य, भजन, समाजसेवामा बस्त हुनुहुन्छ ।

उहाँहरूको दम्पतीको माया शिव पर्वतिको भन्दा कम छैन । बिगत सम्झदै ५५ सालमा केदारनथ श्रेष्ठको मृगौला फेल भएको थियो । दैव संयोग उहाँको श्रीमती लिलादेवीको मृगौलाले आज सम्म जिवित छु श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठ दम्पतीको सहयोगले थुम्पाखर स्वास्थ्य चौकिमा धेरै टेवा पुगेको थुम्पाखर स्वास्थ्य चौकी प्रमुख जुली आलेले बताउनु भयो ।
मंगलबार तारा चक्र फाउन्डेसनले गाँउगाउमा खट्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान स्वरूप नगद १ हजार रुपयाँ पुरस्कार दिनुभएको थियो ।