सम्पर्क

Author: लोकप्रिय समाचार

सिन्धुपाल्चोकका दुई चेलीको चीनबाट उद्धार

ब्रेकिङ न्युज २, समाचार
बिदुर आचार्य/सिन्धुपाल्चोक असार ९ गते बिबाहको प्रलोभनमा पारि चीन पु¥याई वन्धक वनाएर कामदारको रुपमा राखिएको सिन्धुपाल्चोककी एक महिला सहित दुई जना महिलाको उद्धार गरि नेपाल ल्याइएको छ । विविध बाहानामा चीन पु¥याईएको भनि उक्त पीडित महिलाले प्रहरी कार्यालयमा दिएको जाहेरीमा मानव बेचबिखन तथा ओसारप्रसारको अभियोग रहेको छ । उक्त अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली चेलीहरु चीनको विभिन्न स्थानमा वेचिन पुग्ने गरेको नयाँ तथ्य फेला परेको छ । पछिल्ला वर्ष मानव बेचबिखन तथा ओसारप्रसारमा चीन नयाँ गन्तब्य राष्ट्रको रुपमा देखिएको छ । पछिल्ला एक महिनामा चीनको विभिन्न स्थानबाट तीन जना नेपाली चेलीहरुको उद्धार गरि नेपाल ल्याईएको गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले जनाएको छ । असार ९ (जुन २३) मा दुई जना महिलाको उद्धार गरि नेपाल आईपुगेका छन् । विवाह गरि वा घरेलु कामदारका रुपमा...

प्रधानमन्त्रीलाई थप कार्यभार

ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री द...

चौतारा साँगाचोकगढी नगरपालिका शनिबार पनि खुल्ने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका शनिबार पनि खुल्ने भएको छ । बिहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानले एक सूचना जारी गर्दै नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नगर विकास योजनामा स्वीकृत भई हालसम्म सम्झौता भई भुक्तानी हुन बाँकी रहेका योजनाहरुको भुक्तानी कार्य समयमै सम्पन्न गर्नुपर्ने भएकोले आगमी असार २२ गते (शनिवार) पनि सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु पनि खुल्ला रहने छ ।...

विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

ब्रेकिङ न्युज २, समाचार
जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उहाँले ज...

कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाण्डौँ नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग यही असार १७ गते  राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास–निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको सहमतिको स्वागत एवं समर्थन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले संविधानको अभ्यासको समीक्षा गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दोस्रोपटक कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिल...

सिन्धुपाल्चोकमा ४७ वटा मानवअधिकार उल्लंघनका घटना सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा पछिल्ला ६ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका ४७ वटा घटना सार्वजनिक भएका छन् । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजना तथा नेपाल बार इकाईको समन्वयमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा जिल्लामा पछिल्ला ६ महिनामा ४७ वटा घटना भएको तथ्यांक सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा महिला अधिकारसँंग सम्बन्धित घटना धेरै भएको इन्सेक जिल्ला प्रमुख नातिबावु धितालले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यक्ति हत्याका ४ वटा, बालअधिकार संग सम्बन्धित घटना १० वटा, महिला अधिकार संग सम्बन्धित २८ वटा घटना, जातिय बिभेद १ वटा, कारागार भित्र मृत्यु १, शिक्षकलाई कार्यस्थलभित्रै कुटपिट १ वटा, कुटपिट अंगभंग तथा ज्यानमार्ने उद्योग दुई गरी ४७ वटा घटना रहेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्का    ले इन्सेकले मानवअधि...

नागिरकको माग बमोजिम बिकास गर्न सक्नेलाई मात्र जनताले भोट दिएर जिताउन पर्छः पुर्वमन्त्री बस्नेत

कृषि, ब्रेकिङ न्युज २, समाचार
  पूर्व मन्त्री माननिय मोहन बहादुर बस्नेतले जनताको काम गर्ने र नागिरकको माग बमोजिम बिकास गर्न सक्नेलाई मात्र जनताले भोट दिएर जिताउन पर्ने बताउनु भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय बस्नेतले नेपाली काँग्रेसले बिकास गरेन भने जनताको काम गरेन भने त्यस्तालाई भोट दिनुस् भन्दिन, मत जसले जनताको काम गर्छ त्यसलाई छान्नुहोस भन्छु भन्नूहुँदै देश र जनताका लागि हरेक दुखसुखमा बिकासका कामहरुमा साथदिने पाटी काँग्रेस हो भन्नूभयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – १० जल्केनिमा कृषकलाई अनुदानमा कृषि औजार मिनिटेलर मकै, कोदो पिसेर पिठो बनाउने मेशिनहरु वितरण गर्नुहुँदै उहाँले यस्तो बताउँनु भएको हो । मंगलबार एक समारोहको विचमा प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतद्धारा उक्त कृषि औजार सामग्री वितरण गरिएको हो । कृषि औजार सामग...

अग्रज पत्रकार एवं सामाजिक अभियन्ता नमराज बजगाईको जन्मदिन सेवा घरको असहायहरुसँग

ब्रेकिङ न्युज २, समाचार
दिनेश भण्डारी अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनुभएको छ । बजगाईले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ७५ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले मंगलबार ९ असार १८ गते आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज सेवा घरको शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म आउनुभएको छ । उहाँले सेवा घरक...

अत्याधुनिक टिकेटिङ् पोर्टल esevenstar.com संचालनमा

बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
  नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाईन ट्राभल एजेन्सी www.esevenstar.com को औपचारिक शुभारम्भ गरेको छ । आषाढ १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको कम्पनीका प्रमिला पमले जानकारी दिनु भयो । कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला लेसेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको बताउँनु भयो । उँहाले विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाल...

खाडिचौरमा खुल्यो त्रिपुरासुन्दरीको कृषि बिक्री कक्ष

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थीक सहयोगमा खाडिचौर बजारमा खाद्यन्न तथा तरकारीको खाद्यन्न तथा तरकारीहरुको संकलन तथा बिक्री कक्ष खुलेको छ । त्रिपरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामा उत्पादन भएका खाद्यन्न तथा तरकारीहरुको सङकलन गरेर गाउँमा नै बितरण गर्ने बिद्यालय दिवा खाजाको लागी प्रयोग गर्ने र त्यसभन्दा बढी भएका सामाग्रीहरुलाई खाडिचौर ल्याएर सस्तो मुल्यमा बिक्री गर्ने योजनाका साथ कक्ष सञ्चालनमा ल्याएको हो । आइतबार त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष भक्तध्वज बोहराले एक कार्यक्रमका बिच सङ्कलन तथा बिक्री कक्षको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको सहयोगमा गाउँपालिका स्तरीय कृषक समूह संघद्वारा निर्वाहमुखी कृषि प्रणालीलाई बजारीकरणको माध्यमबाट व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गरि उद्यमशीलता विकास गर्नको लागि खाडिचौर बजारमा कृषि उपज बिक्रि कक्ष सञ्च...