ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रीय महाधिबेशन चितवनमा सम्पन्न भएको छ । माननीय गरिबी निबारण तथा सहकारी मन्त्री विनु रायमाझी पौडेलको प्रमुख अतिथ्यतामा चितवनको देबघाटमा समामपन भएको भएको हो । यस अघीे नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितीका अध्यक्ष प्रा शम्भु प्रसाद ढकालको प्राुख अतिथ्यतामा अधिबेशनको सुरुवाती भएको थियो ।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथी माननीय मन्त्री बिनु रायमाझी भण्डारीले सत्कर्म गर्नेहरुले कहील्यै पनी हार्न नपर्ने बताउँदै मानीहरुलाइ अनुशासनमा राख्न बिधी बिधान को व्यवस्था गरे जस्तै ज्योतीषीहरुले भने अनुसार गरिने कामहरु पनी बिधी र बिद्यान हो भन्नु भयो । उँहाले पुर्खाहरुले ज्योतीषले गरेको भबष्यिबाणीका आधारमा काम गर्दा असफल भएको इतीहाँस कमै मात्र पाइन्छ भने अहीले ज्योतीषको बिश्वास नगर्नेहरुले गरेका प्राय कामहरु असफल भइरहेको हामीले पाएका छौ त्यसैले यो ज्योतिष बिधीको सरक्षण गर्न पर्ने बताउँनु भयो । आचार्य मेघराज आचार्यको सभापतीत्वमा भएको अधिबेशनले अध्यक्षमा पुन मेघ राज आचार्यलाइ चयन गरेको छ भने बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र राज घिमीरे, महीला उपाध्यक्षमा साबेत्री अधिकारी,उपाध्यक्ष बागमती प्रदेसको तर्फबाट माधब सापकोटा,लुम्बीनीबाट कमल प्रसाद भटराइ,गण्डकी बाट मिन प्रसाद भटराइ मधेसबाट पिताम्बर पौडेल कर्णाली बाट गंगाप्रसाद उपाध्य शङ्कर,सुदुर पश्चीयम बाट ह्ृदयराज बजगाइ , र कोशी बाट श्रीकृष्ण गौतम उपाध्यक्षमा रहनु भएको छ । यसै गरी परिषदको महासचिबमा केशब गौतम, उपमहासचिबमा लबहरी अधिकारी ,सचिबमा रामशरण सिंखडा, सहसचिबमा बालकृष्ण घिमिरे प्रचार सचिबमा बिदुर पोख्रेल कल्की कोषाध्यक्षमा भुपेन्द्र पौडेल, सहकोषाध्यक्षमा कमल प्रसाद कोइराला रहनु भएको छ यसै गरी सदस्यहरुमा मदन शर्मा , स्थानेश्वर रिजाल, कृष्ण प्रसाद पराजुली, गोकर्णहरी दाहाल,सरिता खनाल हुँमागाइ,तुल्सा आचार्य,बिष्णु देबकोटा,बसन्ती बहकी,कृष्ण प्रसाद अर्याल, देबीलाल सुबेदी ,हिराचन्द्र बराल, दुर्गाबहादुर कुँबर, पुर्ण प्रसाद पगेनी स्थानेश्वर न्यौपाने र आनन्द प्रसाद भुसाल रहनु भएको छ । मानिस जन्मँदाखेरि यो ब्रह्माण्डमा ग्रहहरु र नक्षत्रहरु कुन, कस्तो अवस्थामा थिए र ती ग्रहहरु र नक्षत्रहरुले हामीलाई के–कस्तो प्रभाव पार्दछ भन्ने कुराको सूक्ष्म विश्लेषण गर्ने शास्त्र नै ज्योतिषशास्त्र हो। यही आधारमा मानसिहरुको बिगतमा भएका, अहीले भैरहेको र भबीष्यमा हुने कुराहरुको बारेमा जानकारी दिने ब्यक्तीलाइ नै ज्योतीष भन्ने गरिन्छ ।
