दुवाचौरमा मनाइयो रोपाइँजात्रा
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका — ७ दुवाचौरमा रोपाईं जात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन प्रताप मल्लको पालाबाट मनाइँदै आएको रोपाईं जात्रालाई मनाउदै आएको स्थानीय विरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
मौलिक जात्राको रुपमा मनाइने रोपाईं जात्रामा धान रोप्नेदेखि लिएर रमाइलो गर्नेसम्मका कार्य गरिन्छ । कृषिप्रधान देश भएका कारण धान रोपी सकेपछि बाटोमा धान रोपी, हिलो छेपेर रमाइलो गर्ने श्रेष्ठको भनाइ छ । झाँकी सहितको जात्रामा दुवाचौर बजार परिक्रमासँगै पोखरेदेखि सेल्लेसम्म पुगेर जात्रा सम्पन्न भएको छ । मेलम्ची ७ दुवाचौरको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।
किसानलाई फुर्सद भएकाले रोपाईं जात्रामा कामको थकान मेटिने, मनोरञ्जन हुने, व्यङ्ग्य गर्ने, राजा रानीको रुपजस्तो श...
