सम्पर्क

ब्रेकिङ न्युज १

त्रिपुरासुन्दरीमा नेपाली कांग्रेसको जित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भक्तध्वज बोहोरा विजयी हुनुभएको छ । उहाँले चार हजार दुई सय २९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले तीन हजार दुई सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट बिर्ख बहादुर श्रेष्ठले एक हजार आठ सय ६२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष नेपाली कांग्रेसका गिता कुमारी नेपालले चार हजार एक सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सविता श्रेष्ठले तीन हजार आठ ८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट मिना लामाले एक हजार दुई सय ३ मत प्राप्त गर्नुभएको छ ।...

बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसको जित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत हुनुभएको छ । उहाँले सात हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयर नेपाली कांग्रेसका मञ्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला पाख्रीन पाँच हजार ९९० मत प्राप्त गर्नुभएको छ ।...

दारेगौडा भिरबाट मोटरसाईकल खस्यो, दुईको अवस्था गम्भीर

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नजिकै पर्ने दारेगौडा भिरबाट बा.५३ प ८२५६ नं. को मोटरसाईकल खसेको समाचार प्राप्त भएको छ । मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् । चौताराबाट १ किलोमिटर माथी दारेगौडा भिरबाट अन्दाजी ३ सय मिटर तल बाईक झर्दा बाईकमा सवार सोही नगरपालिका अन्तर्गत मेलचौर कल्लेरीका वर्ष १६ का रवि दंगाल र बर्ष १७ का निरोज श्रेष्ठ गम्भीर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी टोलीले घाईतेलाई तत्काल उद्दार गरी चौतारा अस्पतालमा लगिएको छ ।...