सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नजिकै पर्ने दारेगौडा भिरबाट बा.५३ प ८२५६ नं. को मोटरसाईकल खसेको समाचार प्राप्त भएको छ ।
मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् । चौताराबाट १ किलोमिटर माथी दारेगौडा भिरबाट अन्दाजी ३ सय मिटर तल बाईक झर्दा बाईकमा सवार सोही नगरपालिका अन्तर्गत मेलचौर कल्लेरीका वर्ष १६ का रवि दंगाल र बर्ष १७ का निरोज श्रेष्ठ गम्भीर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी टोलीले घाईतेलाई तत्काल उद्दार गरी चौतारा अस्पतालमा लगिएको छ ।
