वरिष्ठ पत्रकार तथा साहित्यकार केसीको निधन
सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसीको निधन भएको छ । लामो समयदेखि उपचाररथ उहाँको आज केएमसी शिक्षण अस्पतालमा निधन भएको उहाँको परिवारले जानकारी दिनुभएको छ ।
साहित्यमा समेत उत्तिकै सक्रिय उहाँलाई राम केसी ‘चौतारे’ को नाममले साहित्य क्षेत्रमा चिनिन्छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–७, सानोसिरुवारी निवासी ७५ वर्षीय केसी हालसम्म पनि पत्रकारितामै क्रियाशील रहनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता तथा नेपाल समाचारपत्र दैनिकका जिल्ला समाचारदाताका रुपमा उहाँ कार्यरत रहनुभएको थियो । दमरोग र छातस्मा सङ्क्रमणका कारण उहाँ अस्वस्थ थियो ।केसीलाई गत कात्तिकदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि गत महिना सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको सघन उपचार कक्षमा १० दिन उपचार गराइ घरमा बस्नुभएको थियो । फेरि अस्वस्थ उहाँलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको छोरा शरद केसीले जानका...
