पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्द दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वौच्च अदालतमा सुनुवाइ जारी रहेको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा विचाराधीन छ । आइतबार नै प्रारम्भ भएको सुनुवाई त्यतिबेला नसकिएपछि सोही इजलासमा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो उक्त दिन निवेदक पक्षका कानुन व्यवसायीहरुले बहस पूरा गरेका थिए भने आज सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका वकिलहरुले आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । दुवै पक्षको वहस आजै सकिएमा अदालतबाट उनीहरुलाई रिहा गर्ने वा हिरासतमै राखिराख्नेबारे आदेश आउने सम्भावना देखिएको छ ।
उक्त रिट चैत १५ गते सवौच्च अदालतमा दर्ता गरिएको थियो । पक्राउ प्रक्रिया गैरकानुनी भएको दाबी गर्दै आलीको पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले अलगअलग निवेदन दिएका हुन् । जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाकाृ छानबिन गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरलिे दुवैलाई नियन्त्रणमा लिएको हो । हाल कोली स्वास्थ्य उपचारका लागि अस्पतालमा छन् भने लेखक प्रहरीको हिरासतमा छन् । गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले उक्त घटनामा दुवै जनालाई जिममेवार ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो । आयोगले उनीहरुविरुद्द फौजदारी मुद्दामा अनुसन्धान अघि बढाउन सुझाएको छ । सरकारले गत भदौ २३ र २४ गतेका छटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सोही आधारमा प्रक्रिया अघि बढाइएको जनाएको छ ।
