सम्पर्क

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउन दबाब दिने ७ जना प्रहरीको नियन्त्रणमा

सिन्धुपाल्चोक– जबरजस्ती करणीसम्बन्धी मुद्दालाई मिलापत्रमा टुंग्याउन पीडित पक्षमाथि दबाब दिने कार्यमा संलग्न सात जनालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ती व्यक्तिहरुले पीडित र उनका आफन्तलाई प्रभावमा पार्दै रकम लेनदेन गरी मुद्दा मिलाउने प्रयास गरेका थिए । यससम्बन्धी सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनहिरुलाई पक्राउ  गरेको हो । पक्राउ पर्नेहरु जुगल गाउँपालिका— २ का विभिन्न उमेर समूहका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ । उनीहरुले धम्की, दबाब तथा किभिन्न माध्यम प्रयोग गरी गैरकानुनी रुपमा पैसा उठाउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउको जनाएको छ । उनीहरुमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । घटनासँग सम्बन्धित रुपमा प्रहरीले नगद रकम, केही चेक र मोबाइल फोन बरामद गरेको छ । ती साम्रागीहरुलाई प्रमाणका रुपमा सुरक्षित राखिएको जनाइएको छ । यस्ता गतिविधि कानुनविपरित हुने भन्दै प्रहरीले कसैलाई दबाब दिई वा प्रभाव पारेर मुद्दा मिलाउने प्रयास नगर्न चेतावनी दिएको छ । साथै, यस्ता घटना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ । प्रहरीले अपराध नियन्त्रण र पीडितलाई न्याय दिलाउने काममा अनुसन्धान जारी रहेको जनाएको छ ।