राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीबीच शनिबार बिहान भेटर्वाता भएको छ । समसामयिक राजनीतिक विषय र आगामी सहकार्यका सम्भावनाबारे दुई नेताबीच छलफल भएको बताइएको छ । शाहीले भेटपछि सार्वजनिक अभिव्यक्तिमार्फत देश निर्माणका लागि विभिन्न शक्तिहरुबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
उनले विगतका चुनौतले राजनीतिक नेतृत्वलाई अझ सुदृढ बनाएको भन्दै अब साझा लक्ष्यका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । यसैबीच प्रतिनिधिसभाको सभामुख रास्वपाका डीपी अर्याल निर्विरोध चयन भइसकेका छन् भने औपचारिक घोषणा संसद बैठकबाट हुने तयारी छ । उपसभामुख वदका लागि भने विभिन्न दलहरुले आ—आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । विश्वस्त सा्रेतका अनुसार लामिछाने र शाहीबीचको भेटमा उपसभामुख चयनको विषय मुख्य रुपमा उठेको थियो । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने व्यवस्ता रहेकाले त्यसअनुसार उम्मेदवारीबारे दलहरुबीच परामर्श तव्रि बनेको छ । राप्रपाबाट केही महिला सांसदहरुको नाम सम्भावित उम्मेदवारका रुपमा चर्चामा रहेको छ ।
