लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटिद्वारा बुद्धपार्क प्रबेसद्वार सरसफाइ
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थल बुद्धपार्कमा सरसफाई गरिएको छ । सामाजिक काम गर्न कतैबाट बजेट चाहिदैन, इच्छाशक्ति भएपछी हरेक कुरा सम्भब छ भन्ने नाराका साथ युवाहरुले चौताराको पर्यटकिय स्थल बुद्धपार्क प्रबेसद्वार देखि माथी पैदल हिड्ने बाटो सरसफाई गरेका हो । शनिबारको छुट्टीलाई सदुपयोग गर्दै बिभिन्न पेशामा आबद्ध चौतारा सागाचोकगढी नगरपालिकामा बसोबास गर्नु भएका व्यक्तिहरुले लायन्स क्लबको नामबाट उक्त सरसफाइ गरेको क्लबका अध्यक्ष भगबान खड्काले बताउनुभयो ।
विभिन्न पेसामा आबद्ध युवाहरुले चौताराको पर्यटकिय स्थल बुद्धपार्क प्रबेस द्वार देखिमाथी पैदल हिड्ने बाटोमा रहेका फोहोर, काडा अनि बुट्टाहरुलाई पन्छाएर पर्यटकलाई आवतजावत गर्न सहज बनाएको खड्काले बताउनु भयो ।
बिगतमा पनि क्लबका सदस्यहरुले आफ्नो फाल्तु खर्च कटाएर पैसा जम्मा गरि विभिन्न बिद्यालयमा स्कुल ब्याग, स्टेसनरी सामान, वृद्ध आश्राममा खाद्यान्न...
