सम्पर्क

Month: २०७९ चैत्र १८ शनिबार

बृहत स्वास्थ्य शिविर सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका – ५ सुनखानीमा वडा कार्यालयमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार सुनकोशी गाउँपालिकाको आयोजन र ह्याम्स हस्पिटल काठमाण्डौको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर स्वास्थ्य सेवाको पहुच नपुगेको ग्रामिण समुदायलाई लक्षित गरि शिविर संचालन गरिएको ५ नं. वडाको वडाध्यक्ष जाल बहादुर लामाले बताउनुभयो । शिविरबाट २५२ जनाले सेवा लिएका छन् । जसमध्ये स्त्री रोग सम्बन्धी ५० जना, नाक, कान घाटी सम्बन्धी ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका थिए । स्त्री रोग तर्फ २ जना संकास्पद पाठेघर मुखको क्यान्सर पत्ता लागे भने १७ जना मालाको आङ खस्ने समस्या भइ रिङ्ग प्रेसरी राखी उपचार गरिएको छ । ५ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे को सेवा लिएका छन् । सो शिविरको अवसरमा पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना र उपाध्यक्ष कान्छि लामाले देविस्थान स्वा...