मुलेमा अवस्थित दारिगौड देवि मन्दिर मा पुर्णिामा को दिन मेला लाग्दै
सञ्जीव तामागं स्याङ्बो,
सिन्धुपाल्चोक जिल्ला अन्तरगत इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर स्थित मुलेमा अवस्थित दारिगौड देवि मन्दिर मा बर्सेनि पुर्णिामा को दिन मेला लाग्दै आएको छ। उक्त देवी को करिब ७ पुस्ता अगाडि देखिनै स्थानीय श्यङ्बो गुठी ले पुर्जा आएको स्थानीय हरुले बताएका छन । स्थानीयको भनाइ अनुसारकरिब १०० यौ वर्ष पहिलो बाजेको पुस्ता चौतारा सागचोक नगरपालिका वाड न २ गौरती बाट बसाई सरेर नवलपुर मुलेमा आएको र बिस्तारै बसोबास गर्दै जादा आफ्नो घर पालन पशुपन्छी हरुलाइ बिभिन्न रोग लागेर नोक्सानी हुन थालेपछी स्थानीय दुखित भए र आफ्नो बाजे पुस्ता सङ जोखान हेर्दानजिकै एउटा ओडारमा रहेको देवी मान्न पर्ने भनेको ले स्थानीय नजिकै को दारिगौड ओडरमा देवि मानेको र ओडरमा भनेको ले दारिगौड नामकरण गरेको स्थानीय ले बताउछ। दारिगौड देवी लाई हरेक बर्ष पुजा गरे यो सब को अन्त्य हुने र करिब ७ पुस्ता अगाडि देखी नै...
