सम्पर्क

४ वर्षपछि फरार अपराधी पक्राउ

चोरी मुद्दामा ४ वर्षअघि सजाय सुनाइएका बलदेव थापा पक्राउ परेका छन् । सिन्धुपाल्चोक  जुगल गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३१ वर्षीय थापालाई फरार रहेको ४ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो । झापा जिल्ला अदालतले २०७५ भदौ २५ गतेको फैसलाले उनलाइ २ दिन कैद र जरिवाना ने.रु.१,०१,२४९।– (एक लाख एक हजार दुई सय उन्नचास) सजाय तोकिएको जिल्ला प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उनलाई घर नजिकैबाट बुधबार पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा निजको कैद÷जरिवाना असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।