सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ मा राति जङ्गलबाट दाउरा काटेको कारण दाउरालोड गरेको टिफर सहित ११ जना मानिस मानिसहरु पक्राउ परेका छन् । घटना विवरण अनुसार मंङ्गलबार राति करिब ११ बजे तिर ईन्द्रावती गाउपालिका ११ बाट चौतारा साँगाचोकगढी नगरपालिका १४ नं. वडामा आफन्त कहाँ टिफर सहित दाउरा लिनका लागि १५, १६ जनाको जत्था आएर जङ्गलमा रुख काटेर सुकेको दाउरा लाने बहानामा काठ काटेको देखिएकोले राती नै प्रशासन सहित १४ नंम्बर वडा अध्यक्ष उद्वव नेपालले टिफर सहित काठ दाउरा नियन्त्रणमा लिएको बताउँनु भयो । स्थानीय वडा नं १४ का वडा सदस्य हिरालाल तामाङ्ग, स्थानीय उपभोक्ता गणेश तमाङ्ग सहितका स्थानीय उपभोक्ताले आरा लगाएर रुख ढोलेको देखेको भन्दै वडा अध्यक्षलाइ जानकारी गराएपछी राती नै वडा अध्यक्ष नेपालले सुरक्षाकर्मी सहितको टोलीले पक्राउ गरी साँगाचोक प्रहरी कार्यालयमा ल्याएर जिल्ला वन कार्यलय बुझाइएको छ । जिल्ला वन कार्यालयले बुधबार बिहानै अनुसान्धानका लागी टिफर सहित हिरासतमा लिएको छ । वडा नं. १४ का सिताराम माझीको जुवाइ महेस माझीको लागी दाउराको आवश्यक परेकोले दाउरा लिन आएको भनिएता पनी रुख काटेको आरोप लागेको छ । खोले खोके र तगारे सामुदायक वनमा रहेको रुख काटेको कारण ११ जनालाई पक्राउ गरेको गणेश तमाङ्गले बताउँनुभयो । खोलेखोके बन सामुदायक वन उपझोक्ता समितीका अध्यक्ष लालबहादुर श्रेष्ठले राजमार्ग खन्ने नाममा सुकेको दाउरा धेरै रहेको र समय समयमा धेरै रुखहरु हराउँने गरेको बताउँदै यसको निष्पक्ष छानविन गर्न पर्ने बताउँनु भयो ।
