सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा मोटरसाईकल दुर्घटना हुदा गम्भीर घाईते २४ वर्षकी अनिता तितुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतक तामाङ चौतारा सागाचोकगढी नगरपालिका वडा नं. ९ मुलखकको आदर्श आधारभुत विद्यालयको शिक्षिका हुन् । मंगलबार साझ साढे ५ बजेको समयमा चौतारा साँगाचोकगढी नगरपालिकाका ब्याङजेपानी स्थित चौतारा स्याउले सडक खण्डमा बागमती प्रदेश ०२–०२७ प ७५५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक शिव बुढाथाकीले बताउनुभयो ।
प्रहरीका अनुसार दुर्घटनापछि घाईले तामाङलाई टाँउकोमा चोट लागि जिल्ला अस्पताल चौतारा ल्याएकोमा थप पचारका लागी धुलिखेल लगीएको थियो । उपचारको क्रममा राति करिब १२ बजे अस्पताले मृत घोषण गरेको थियो । मोटरसाईकल चालक चौतारा सागाचोक गढी ५ कामीखेत बस्ने वर्ष २६ को अनिल तामाङ पनि घाईते भएका छन् । चालक तामाङको अवस्था समान्य रहेको र थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
