सम्पर्क

सिमाना बिबाद चर्कीयो पालीका अध्यक्ष सहीत वडा अध्यक्ष स्थानीयको घेराबन्दीमा

सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलान्चोक जिल्लाको सिमाना बिबाद ले उग्र रुप लिएको समाचार प्राप्त भएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाइ निर्वाचन समेत बहीस्कार गरेर बसेका सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने दोलालघाट, बन्देउटार र डुम्रेबेँसी बेलडाँडा,का बासिन्दाले भुम्लु गाउँपालीकाका अध्यक्ष प्रेम बहादुर भुजेल सहीत वडा नं ८का वडा अध्यक्ष मोतीलाल तामाङ्ग लाइ घेराबन्दी गरीएको पालीका अध्यक्ष भुजेलले बताउँनु भयो । उँहाका अनुसार सर्बच्चो अदालतको आदेश बिपरित नदी जन्य पदार्थको उत्खनन भएको भनी सुचना प्राप्त भएकाले उक्त क्षेत्रको अनुगमन गर्न जाँदा स्थानीयले हातहतीयार बञ्चरो समेत लिइ आफुहरुलाइ नियन्त्रणमा लिएको र पछी सुरक्षाकर्मीले थाहा पाए पछी आफुहरुलाइ घेराबन्दी बाट मुक्त गरेको बताउँनु भयो । उँहाले खोलाको आधा भाग नदीको बिच बिचबाट समेत नदी जन्य पदार्थ झिेकको पाइएको समेत बताउँनु भयो ।यस सम्बन्धमा चौतारासाँगचोकगढी नगरपालिकाकाको सिमानाका वडा अध्यक्ष रोषन राज गिरी सँग घटनाका बारेमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।