सम्पर्क

गौंरातीमा ऐतिहासिक धार्मिक मेला

सिन्धुपाल्चोक जिल्लाको प्रशिद्ध मन्दीर को रुपमा लिइएका मन्दीर हरु मध्य गौराती मन्दीर पनी एक हो । जिल्लाको सदरमुकाम चौतारावाट केही दुरी उत्तरतर्फ रहेको गौराती गाउँमा अवस्थित गौराती भिमसेन को पनि विभिन्न देशका विभिन्न देवालयहरुको जस्तै आफ्नै चर्चा,आस्था र विश्वास रहेका छन् । झण्डै ४ सय २९ वर्ष भन्दा पहिला देखिनै गौराती भिमसेन प्रति जनताहरुको ठुलो आस्था थियो भन्ने सिद्द हुन्छ । हाल सम्मकै खोज अनुसन्धान गर्दा वि.सं. १६४२ मार्ग १५ रोज भनि उल्लेख भएको दल बहादुर कुँवर ले चढाएको घण्टा हाल सम्मकै पुरानो ऐतिहासिक प्रमाणको रुपमा मान्न सकिन्छ । साथै संवत १८९२, १९०८, १९१६, १९२६, १९३६ आदी मन्दिरमा भएका घण्टाहरु तथा नेवारी लिपीमा विं सं १९१३ मा लेखिएका शिलापत्र र मन्दिर सम्वन्धि जग्गाको विं सं १९२६ को कागजातहरु १०० वर्ष भन्दा पुराना ऐतिहासिक प्रमाणहरु का रुपमा हुन त्यँहा रहेको नाग मन्दीर मा श्री५महाराजधिराज बिरेन्द्र बिरबिक्रम भन्ने शब्दले हरेक नागरिकलाइ इतीहाँसको खाजी गर्न जागरुक बनाएको छ । त्याहा सँगै रहेको स्वामीको रुखले पनी दर्शकहरुको मनलाइ तानेको छ । सिन्धुपाल्चोक जिल्लाकै एक प्रसिद्द पुरातात्विक एवं ऐतिहासिक धरोहरको रुपमा यस मन्दिरलाई लिने गरिन्छ । मन्दिर परिसरमा महाकाली र सरस्वतीको पनि मन्दिर रहेका छन् । परापुर्वकालमा रातको बिचमा गाइले आएरदुध चढाउँने गरेका कारण गौ अर्थात गाई र राती भन्नाले रात–गाईद्धारा राती पत्ता लगाएको हुनाले गाउँको नाम समेत यसैकारण गौराती रहन गएको कम्वदन्ती छ ।सिन्धुपाल्चोकवासीहरुमात्रै नभइ सिङ्गो नेपालका भक्तजनामा गौराती भिमसेनको प्रतिको आस्था निकै बलियो छ । भक्तजनहरु आपतविपत पर्दा केही भगवानको नाम लिँदा समेत हे गौराती भिमसेन भनि पुकार्ने गर्छन् । कुनै शुभकार्य, व्यवसाय आदी शुरुवात गर्दा यसै भिमसेनलाई सम्झी कामहरु अघि बढाउँछन् । मनले ईच्छ्याको पुगेमा वत्ति वाल्ने, पशु वलि चढाउने, पञ्चवलि, लाखवत्ति प्रज्वलन आदी गर्ने गरिन्छ । विशेष गरि कात्तिक शुक्ल पुर्णिमामा भिमसेन उत्पत्तिको दिन मानिन्छ यही दिन मेला लाग्ने गर्दछ । यो साल कार्तीक २२ गते देखि मेला लाग्ने भएको छ । जिल्ला भन्दा वाहिर रामेछाप, काभ्रे, दोलखा, भक्तपुर, ललितपुर चितवन पोखरा काठमाडौं बाट समेत मेला तथा भिमसेन दर्शन गर्न पुग्दछन् । पुननिर्माण गरि निर्माण भएको गौराती भिमसेन मन्दिर२०५३ मंसिर २ गते स्व.राजा विरेन्द्र शाह र स्व.रानी ऐश्वर्य शाह समेत उद्घाटन गर्नु भएको हो
समारोहमा पाईला टेकेको ठाउ हो। समयले कोल्टो फेरिसकेको यो युगमा जिल्लाकै ऐतिहासिक सम्पदा भईरहदा पनि प्रचारप्रसारको अभावमा जिल्ला भन्दा वाहीर यसको चर्चा हुन नसकेको महसुस हुन्छ ।    तर पछिल्लो समय यो मन्दिर पर्यटकिय क्षेत्रका रुपमा विकास हुँदैछ । अन्तरिक पर्यटकहरु यहाँ पिकनीक खान वा घुमघाम गर्न पुग्ने गरेका छन् ।जिल्लाकै धरोहरको रुपमा चिनिने यस मन्दिरलाई प्रचारप्रसार, व्यवस्थापनमा सम्वन्धित निकायहरुले र सवै मिली एक जुट भई लाग्यो भने यो सुन्दर धार्मिक स्थलमा आन्तरिक पर्यटकको आवागमन बढ्ने देखिन्छ । काठमाडौबाट ९० किलोमीटर नजिक रहेको यो धार्मिक स्थल पाँचपोखरी पदमार्ग जाने क्षेत्र नजिकै अवस्थित छ । यहाँबाट देखिने हिमालहरु मनमोहक छन् ।काठमाडौबाट चौतारा स्याउले को रुटको बसबाट समेत यो धार्मिकस्थल पुग्न सकिन्छ । अरनिको राजमार्गकै बाटोबाट सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हुँदै सदरमुकामबाट ३ कीलोमीटर दुरीमा यो पवित्रस्थल अवस्थित छ । नीजि सवारी हुनेले मन्दिर प्राँगनमै सवारी लिएर जान सकिने छ । मन्दिर वरीपरी सुन्दर मनोरम हरियाली सल्लाघारी जंगल अनि मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । विश्व प्रसिद्ध हिमश्रृंखलाहरु जस्तै–जुगल हिमाल, गौरीशंकर, गणेश हिमाल आदि को सुन्दर एवं मनोरम दृश्य नजिकैबाट हेर्न सकिन्छ । साथै सुर्यदय र सुर्यास्तको आकर्षक एवं सुन्दर दृश्यहरु समेत नजिकैवाट देख्न सकिन्छ ।मन्दिर परिशरमा यस बर्ष मगलबार बिभिन्न कलाकारद्धारा कार्यक्रम सहीत मेला लाग्ने भएको छ ।