सम्पर्क

हेल्पको वेशलाइन सर्वेक्षण त्रिपुरामा सुरु

पृथ्वी जगं पाण्डे  पिस्कर/ हेल्प संस्थाले त्रिपुरासुन्दरी गाउँ पालिका सँगको सहकार्यमा नितिशाला संस्थासँग सहकार्य गरी वेशलाइन सर्वेक्षण सुरु गरिएको छ। यो सर्वेक्षण त्रिपुरासुन्दरी गाउँ पालिका को ६ वटै वडाका २० विद्यालयहरु (मा. वि र आ.वि) मा गर्ने निधो गरेको छ। उक्त सर्वेक्षणका निम्ति ६ वटा वडाका २० स्वंसेवकहरुलाई कार्तिक १९ गते गाउँ पालिकाको कार्यालयमा नीतिशाला र हेलपका कर्मचारी द्वारा तालिम दिएको छ। हेल्प संस्था द्वारा गाउँपालिका सँगको सहकार्यमा संचालन भएको साथी शिक्षक कार्यक्रमका साथी शिक्षकहरुले पनि उक्त सर्वेक्षणमा भाग लिएका थिए। उक्त सर्वेक्षणमा घोर्थली,चोकटी,धुस्कुन,पिस्कर,तौथली र टेकानपुरका करिब १८०० विद्यार्थीहरुले भाग लिनेछन्। सर्वेक्षण कार्तिक २१ गते बाट सबै वडाका विद्यालयमा एकैसाथ सुरु गरिएको छ। यो सर्वेक्षणमा विद्यार्थी लगायत विद्यालयको समग्र जानकारी सङ्कन गरिनेछ। यो सर्वेक्षण डिजिटल रूपमा हुने र मोबाइल फोनको सहायताले संकलन गरिने छ। याे प्रतिवेदन बाट आएको नतिजा पालिकाको नीति निर्माण, विद्यालय संरचना र विद्यार्थीको सिकाई उपलब्धि बढाउनका निम्ति प्रयोग गरिने हेल्प – साथी कार्यक्रम संयोजक रञ्जना गौतमले बताउनु भएको छ। असर: ASER ( Annual Status of Education Report) भनेकाे शैक्षिक क्षेत्रको वार्षिक अवस्थाको जानकारी दिने एउटा आधारभूत प्रतिवेदन हो। भारतको प्रथम नामक संस्थाले २००५मा सुरु गरेसंगै,बंगलादेश, पाकिस्तान, र अरू थुप्रै देशहरूले यो सर्वेक्षण प्रयोग गरेका छन्। २०१७ मा नेपालको पर्सा जिल्लाबाट सुरु गरि, काठमाडौ हुँदै २०१९ सालमा दाङ जिल्लाको तुलसीपुर उपमहानगर पालिकाअन्तर्गतको १३९ सामुदायीक र निजी विद्यालहरुमा २८०६६, कक्षा१ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुमा सफतापूर्वक गरिएको थियो। उक्त सर्वेक्षणमा निकालिएको प्रतिवेदन उक्त स्थानीय क्षेत्रको नीतिनिर्माणमा प्रयोग गरिएको थियो। यस सर्वेक्षणले विद्यार्थीहरुले विद्यालयमा सिकिरहेका छन् की छैनन् र सिकिरहेका छन् भने उनीहरुको सिकाई उपलब्धिको स्तर कस्तो छ, भन्ने मापन गर्दछ। यसका साथै सर्वेक्षणले विद्यालय बाहेकका सामाजिक आर्थिक र घरायसी अवस्थाले विद्यार्थीहरूको सिकाई लाई असर पर्ने सक्ने सूचकहरुको पनि विश्लेषण गर्दछ।