आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानमा राखिएका आचारसंहिता विपरीतका प्रचार साम्रगी हटाइएको छ । सिन्धुपाल्चोक जिल्लामा सोमबारदेखि बिभिन्न पार्टीको झण्डा, चुनाब चिन्ह, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याज जस्ता प्रचार सामग्री निर्वाचन आयोगका सहन्यायधिवक्त उद्ब पुडासैनि सहितको टोलि खटिएको छ । जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताउनुभयो । सिन्धुपाल्चोकमा विभिन्न राजनितिक दलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यलयमा परेको थियो । धेरै पटक निर्वाचन आचासंहिता पालना गर्न राजनितिक दलहरुलाई जानकारी गराएतापनि कार्यन्वयन नभएको आयोगले जनाएको छ ।
