राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोककोे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा र केन्द्रीय सदस्य एष्मिन ढुङ्गनाको विशेष उपस्थितिमा चौतारामा बसेको बैठकले शंकर कार्किलाई राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला सँयोजकको जिम्मेवारी दिईएको छ । त्यसैगरी जिल्ला कार्यसमितिको कार्यालयमा सि सि क्यामेरा जोड्नका लागि प्रकाश देउजालाई जिम्मेवारी दिईएको छ । वैठकले जिल्ला कार्यसमिति सदस्यमा ११ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा दिपेन्द्र थापा, दलबहादुर श्रेष्ठ, फडिन्द्र प्रसाद दाहाल, राजन धिताल, यज्ञेन्द्र सिग्देल, प्रविन तामाङ, देवी लामिछाने, पदम दोर्जे तामाङ, जुना पौडेल र कामी तामाङ रहनुभएको छ । पछिल्लो समय राप्रपा सिन्धुपाल्चोकले जिल्लाभर स्थानिय निर्वाचनलाई ध्यान दियर विविध कार्यक्रम गरिरहेको छ ।
