सम्पर्क

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाईते

खोटाङ –केपिलासगढी गाँउपालिका– बालाबेसीमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा एकजना घाईते भएका छन् भने अन्य सवारहरु सुरक्षित रहेका छन् ।
बुधबार दिउँसो करिब १२ः०३ बर्जे ९–एनयफक्यू’ नम्बरको हेलिकप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमेर ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । उक्त हेलिकप्टर काठमाडौँबाट शव लिएर खोटाङ पुगेको थियो । हेलिकप्टरमा पाइलट सविन सहित कुल ६ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय खोटाङको डीएसपी प्रकाश बुढाथोकीका अनुसार काजीबहादुर राई घाईते भएका छन् । घाईतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउन एयर डाइनेस्टीकै अर्को हेलिकप्टर घटना स्थल पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा कुनै ज्यानको क्षेति नभएको जानकारी दिएकी छन् । गाउँपालिका अध्यक्ष समिर राईका अनुसार अवतरणमा रमस्या आएपछि पुन  उडान भर्न खोज्दा हेलिकप्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो ।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।