सम्पर्क

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोक ले ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।  बिहिबार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर १ मा ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा इलाका प्रहरी कार्यालय जलबिरे, स्थानीय जनप्रतिनिधि, समाजसेवी,पत्रकार एवं सवारीचालक र यात्रु हरु समेतलाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक प्रचा पम्प्लेट वितरण गर्नुका साथै स्टिकरहरू टाँस गरिएको थियो।उक्त सचेतनामूलक कार्यक्रममा यात्रु लगायत उपस्थित सम्पूर्णलाई ट्राफिक नियम र सडक सुरक्षाका सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकका प्रमुख गोपीराम भण्डारीले सवारी दुर्घटना न्यूनीकरणमा प्रहरीको मात्र नभई सर्वसाधारण समेतको उल्लेखनीय सहयोगका कारण सिन्धुपाल्चोक जिल्लामा विगतका आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा न्यून गर्न सकिएको र यसमा नागरिक र स्थानीय जनप्रतिनिधि हरूको सक्रिय सहभागिता र सहयोग प्राप्त भएकोमा धन्यवाद दिनुभयो। उक्त कार्यक्रममा नजिकै आइरहेको दीपावली छठ र नेपाल सम्वतसमेतको शुभकामना प्रदान गर्दै सुरक्षित, सभ्य र भव्य रूपमा मनाउन सुरक्षामा सम्झौता नगरी ट्राफिक नियमको पालना गर्न सोत उँहाले आग्रह गर्नु भयो। कार्यक्रममा अतिथि इलाका प्रहरी कार्यालय जलबिरेका कार्यालय प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावलले नागरिक बिनाबर्दीका प्रहरी भएकोले शान्ति सुरक्षा अमन चयन र सडक दुर्घटना न्यूनीकरणमा सहयोगी भूमिकाको अपेक्षा व्यक्त गर्दै आगामी दिनमा समेत ग्रामीण क्षेत्रमा गई सडक सुरक्षासँग सम्बन्धित प्रशिक्षण निरन्तर रुपमा गरिने बताउनुभयो। उक्त कार्यक्रममा अन्दाजी २०० जनाको उपस्थिति रहेको थियो ।