सम्पर्क

नेपाली रक्तदाता संघ कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार

नेपाली रक्तदाता संघ कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । “हाम्रो बिश्वब्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ नेपालीहरुको राष्ट्रिय चाडहरु वडा दशैँ,शुभ दिपावली,नेपाल संवत् र छठ पर्वको अवसर पारेर रक्तदाता संघ कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । रगत अभावका कारण तड्पिएका व्यक्तिहरुलाई शुभ दिपावलीको उज्यालो प्रकाश जस्तै रगत उपलब्ध गराई उनीहरुको मुहारमा उज्यालो खुसी ल्याउन सकियोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको र उक्त मानविय र परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित बिभिन्न संघ–संस्था समाजसेवी,व्यवसायी,लगायत कतारमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले अनुरोध समेत गर्नु भएको छ । हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा शुक्रबार बिहान ८ बजे देखी मध्यान्ह १२ बजे सम्म रक्तदान चल्ने आयोजक संस्थाले जानकारी दिएको छ ।