चौतारा÷ विपी कोइरालाको एक सय ११ औँ स्मृति दिवसको अबसर पारेर नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिले चौतारामा रहेको बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ ।
नेपाली कांग्रेस पूर्व जिल्ला सभापति श्यामबहादुर श्रेष्ठले आईतबार एक कार्यक्रमकाबीच बृद्धाश्रममा खाद्यान्न हस्तान्तरण गर्नुभयो ।
खाद्यान्न वितरण कार्यक्रममा पूर्व जिल्ला सचिव विल बहादुर तामाङ, नगर सभापति ईन्द्रलोचन धिताल , नगर सचिव भगवान खड्का, युवा नेता बुद्ध घले , शिक्षक नेता ज्ञानबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।
