सम्पर्क

डगल्यान्ड लघुकथामा समयबिम्ब

प्रा.डा. खेम दाहाल

१. प्रारम्भ
पुण्यप्रसाद कोइराला ९पी।वी।कोइराला २०२६, इनरुवा० को ‘डगल्यान्ड’ लघुकथाको किताब हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएको छ । यसमा पचासभन्दा बढी लघुकथा सङकलित छन र कृतिको आकृति सत्तरी पृष्ठकै हाराहारीमा छ । बाहिरी आवरणमा यो लघुकथा सङग्रह रहर लाग्दो र लोभ लाग्दो पनि छ । लघुकथाकार कोइराला विभिन्न संस्थाबाट पुरस्कृत प्रतिभा भएको कुरा पश्चपृष्ठमा उल्लेख भएको छ । सुरुमा सरर एक दुई लघुकथामा आँखा डुलाउँदा भाषा सरर सर्ने बनेको र कुरो सलक्कै पच्ने स्तरको लाग्छ । यी लघुकथाको सम्पूर्ण अवलोकन नगरी केही भन्न असजिलो हुन्छ । तथापि प्राक्कल्पनामा भरपर्दा कथाहरूले भविष्यमा प्रशंसा पाउने छन ।
२. विषयप्रवेश
यी लघुकथाको विषय समयसापेक्ष हुनुपर्ने छ, सिलसिला मिलेको भाषा हुनुपर्नेछ । अन्त्यमा पुग्दा अर्को कुनै कुरा घुसेपछि छयाङ्ग भएर हृदयभित्र छिर्नुपर्ने हुनुपर्छ । यसका सन्दर्भ वा विषय सामाजिक, आर्थिक, राजनैतिक र अन्तरदेशीय हुन सक्छन ।

२.१ सामाजिक सन्दर्भका लघुकथा सामाजिक सन्दर्भलाई आधार मानेर लेखिएका धेरै कथा छन जसमा ‘होस’ पनि पर्छ । जात, धर्म र आहोदामाथि प्रहार भएको उक्त शीर्षकमा अन्त्यमा ‘मणिपुर’ शब्दले विषय विषयान्तर गर्छ । त्यसको अर्थको खोजी गर्न भारतको वा अन्त कतैको मणिपुर पुगिन्छ जहाँ जातका विषयमा हुलदङगा हुन्छ । ‘व्यवस्था’ शीर्षकमा आएको सन्दर्भ हामीसित आवद्ध हुन्छ, हामी अक्षम भएकाले आफू–आफूमा झडप हुन्छ जसरी फुटबल खेलाडी अयोग्य भएकाले भिडन्त गर्छन । ‘पलायन’ शीर्षकमा घरझगडाले ठाउँ पाएको छ, अन्त्यमा प्रसङ्ग ज्ञ नवीन भने छैन । भाषा र प्रतीक भने अन्यन्त मिठो मेलमिलाप गर्छन । ‘अस्तित्व’ शीर्षकको कथामा सहज विषयलाई प्रतीकात्मक जलप दिइएको छ र सृष्टिकर्ताको आदेश नवीन अहङकार भई आउँछ, स्वाद बढछ । ‘झर्को’ शीर्षक सहज सन्दर्भमा फरक विषय आएर रोकिएको कथा हो । ‘क्षमता’ कथामा अन्त्यको लुप्त रहस्यले त्यति स्वाद दिँदैन । ‘बालमन’ मनोरञ्जनले भरिएको, सफलताको भव्य चुली छुने कथा भएकाले यस्तै स्वस्थ्य विषयका लघुकथा उत्तम तहमा गणना हुन्छन । माइत बसेकी महिलाले घर फिर्ने विषयको बालकले पढन पाई प्रथम भएको सान भ¥यो । प्रतीकात्मक पात्र रहने, व्याजस्तुति साथमा हुने र अर्कै प्रसङ्गमा समापन हुने लघुकथा ‘ठेक्का’ पनि हो । ठेक्का लिनेले नै बेइमानी गरेर घुस खानेको फायल ‘ठेक्का’ मा खुलाइन्छ । ‘लटठी’ को सन्दर्भ आउँदा आउँदै सुइटरको विषय थपिन्छ, व्यङग्य हुन्छ । संस्कारमाथि नै प्रहार भएको कथा ‘आयातीत’ ले समाजको विकृति पस्कन्छ । ‘मन’ आहारविहारका विषयको कथमा स्वास्थ्य सन्देश दिइन्छ, यसमा नामहरूमा प्रतीकात्मक रीति अवलम्बन गरिएको छ । ‘डगल्यान्ड’ समाजमा कुकुर पाल्ने र सडकमा भुस्याहा कुकुरको आलोचित छन । ‘छिमेकी’ कथा छिमेकीसँगको सम्बन्धमा आधारित लघुकथा हो । ‘चिन्ता’ शीर्षकमा सरकारले टिकटकको प्रसारण बन्द गरेको प्रसङ्ग देखिन्छ । अन्त्यमा आफूले गरेको भन्दा सरकारले गरेको कदम उचित ठहरिन्छ । ‘दुर्भाग्य’ शीर्षकमा यति तल्लो तहको दाजुभाइ सम्बन्ध देखाइन्छ । यस तितो सत्यमा मन दुख्छ । ‘स्वर्ग’ शीर्षकमा जनावरबाट मानव चरित्र उघ्रिन्छ । ‘रामराज्य’ प्रधानमन्त्रीको भाषणबाट सुरु भए पनि संस्कार असल नभएको क्षणसँग आबद्ध सामाजिक विषयको कथा हो । संस्कारको संरक्षण जरुरी हुने पाठ ‘स्पष्टीकरण’ हो । घुस्याहा–अपराधीको पक्राउ हुन्छ भन्ने आशा गरौँ । ‘चरित्र र खुसी’ त्यसको उदाहरण हो । सामाजिक समस्या, सहरभित्रका खहरेहरू स्वतन्त्र हिँडन पाएका छैनन । साना पारिएका छन बाढी आएका दिन चन्द्र संस्कृतबाट बजारमा पसेको खहरे बग्दै बग्दै धनकुटे रोडैरोड बग्न पाउने ‘अधिकार’ निश्चित होस । महिलाहरू आत्महत्याको प्रयास गर्छन तर मर्न पनि आँट चाहिन्छ भन्ने प्रसङ्गमा ‘कारण’ लघुकथा लेखिएको छ । इमानजमान खुस्किए पछि हुने परिणामका विषयको ‘पढाइ’ कथामा वर्तमान समय परिभाषित छ । यस कथाले प्रजाति ९च्बअभ० को बुँदा आकर्षित गराउँछ । कथाकारको आफनै क्षेत्रको यो समस्या विकराल छ । प्रत्यक्षवाद–विधेयवादमा मुहूर्त जस्तो बुँदाले परदेशतिर भाग्ने जमात देखाउँछ । मूलतः कुनै कथा विशुद्ध सामाजिक धरातलमा उभिएर आजको स्थितिको आलोचात्मक व्याख्या गर्छन । त्यस प्रकारका कथामा बुढाबुढी अलपत्र पर्ने आजको तितो इतिहास ‘अंशबन्डा’ मा उतारिएको छ । समाजमा भइरहेका अपराधका विषयमा ‘कालो रात’ बोल्छ, ‘लटठी’ घरपरिवारमा बुढापाकाको स्थितिमाथि चिन्ता थपिएको लघुकथा हो ।

२.२ राजनीति मिश्रित लघुकथा सामाजिक आधारबाटै राजनीति उठेको हुन्छ । अहिले हाम्रो अवस्था अर्काको राजनीति नफाबेको स्थितिमा छ । अर्काको कपडा, जुत्ता मागेर लगाएझैँ ‘जडौरी’ शीर्षकमा दुवै विषय सरासर पस्छन । अन्त्यमा पुग्दा राजनीतिसित बाँहा जोडेर रहस्य खुल्दा नेपालको राजनीतिमाथि घोचपेच पुग्छ र लघुकथाको मर्म समाउँछ । ‘स्वाभिमान’ आज जेजस्तो राजनैतिक–प्रशासनिक स्थिति छ, त्यसैको सार हो । जागिरमा प्रशासनको मनोमानी छ, त्यसैको सरल प्रतिबिम्ब यो कथा हो । घुस दिने र लिनेको स्वाभिमान चुँडिन्छ । जेजस्ता प्रसङ्ग छन, तिनमा राजनीति माथि घोचपेच भएको लघुकथा निरन्तर एक हो । नेता भएपछि कमाउ धन्दा बलियो हुने ठहरले घोचपेच गर्छ । राजनैतिक पृष्ठभूमिको कथा ‘पहिचान’ मा नेताका कमजोरी र सबलतामा समीक्षा गरिएको छ । नेताका विषयको कथा भएकाले यसलाई राजनैतिक पृष्ठभूमिका कथा मान्न सकिन्छ । ‘सहिद परिवार’ शीर्षकबाटै जनयुद्धसित नाता राख्छ । सहअस्तित्वको कथा ‘सन्तुलन’ मा पात्रहरू जनावर छन । झगडा गरेझै अन्त्यमा मिलेमतोमा खाने दलका नेताको प्रकृति बुझिन्छ । ‘झर्को’ शीर्षकको अन्त्यको उपमा राजनीति हुन्छ । ‘शिक्षक’ शीर्षकमा राजनैतिक कार्यकर्ता आलोचित रहन्छन । ‘पद’ शीर्षकको कथामा घुस र राजनैतिक नियुक्तिको पोल खुल्छ । ‘सतीको श्राप’ समयसँग परिचय राख्छ । ‘दलदल’ को संवादबाट दलको झगडा उघारिएको छ । नेता र भ्रष्टाचारको उपद्रव खुलासा ‘पोल’ शीर्षकमा गरिएको छ । ‘छनोट’ लघुकथामा रूखको सन्दर्भभित्र खराब चरित्रको नेतामाथि व्यङग्य गरिन्छ । राम्रो जातको आँपको विरुवमा रोप्ने काममा गल्तीले अर्कै जातको रोपिएछ । नातागोताका कारणले कर्मचारी र मन्त्री भ्रष्ट बन्नु पर्ने स्थितिको लघुकथा ‘बाध्यता’ हो । राजनीतिलाई छोएर उठेका पाठहरू धेरै छन जसमा ‘सालिक’ पनि पर्छ । धरानमा भानुभक्तको सालिक छ जसलाई जीवन्त गराउँदै उनको सम्झनामा सपना देखेको, सुधारका काम गरेको सन्दर्भमा नेताले यातायातका कमजोरी भानुभक्तले भाषामा गरेको सुधारझैँ होऊन भन्ने कामना छ । नेपालको राजनीतिमा संलग्न पात्रहरूको चरित्रका बारेमा ‘अगुवा’ शीर्षकमा तिखो आलोचना भएको छ । ‘महाजनको लीला’ साहित्य र कलाका क्षेत्रमा हुने अलिकति भन्दै गरिने अन्यायको लघुकथाले साहित्यका समीक्षक हामीमाथि थप्पड लगाएको छ । नेपालको राजनीतिलाई केन्द्रमा पार्दै, मन्त्रीका लाचारीको पोल खोल्दै लेखिएका कथामा ‘भाग’ पनि पर्छ । राम्रो योजना ल्याएर देश बनाउने विषय माथि व्यङग्य गर्दै बिहोस हुने मन्त्रीको स्थितिमाथि हाँसो उडाउने लघुकथा ‘बजेट’ हो । कताकता ‘बजेट’ कथा पढदा कृष्ण बजगाइँका कथा पढेको आभास भएको छ, ‘कागजको मन्त्री’ भित्र यही ढपका धेरैओटा कथा छन । कर्मचारीको घुसखोरीमाथि घोचपेज भएको कथा जिन्दावाद एक हो । अर्को राजनैतिक कथा ‘भोट बैङक’ हो । नेताको चरित्रमाथि व्यङग्य पनि हुन्छ । कति कथामा सामाजिक र राजनैतिक विषयको समान साझेदारी हुन्छ । ‘बदला’ शीर्षकमा राजनैतिक नियुक्तिका भरमा, बाजेले राजनीति गरेर नातिले गाउँ मासेका सन्दर्भमा विवाद भएको छ । ‘स्वाभीभक्त’ राजनैतिक क्षेत्रको व्यङग्यप्रधान कथा हो । ठूला नेताका अगाडि बिचका र तल्लो तहका नेताले मुख खोल्न नसकेको हाम्रा नेताहरूको अवस्था बसाहा गोरूमा आरोपित छ । ‘गोठालो’ शीर्षकमा जङ्गबहादुरझैँ फटाहालाई बाटामा ल्याउन सक्ने क्षमताशील नेता नेपालमा नभएको सङकेत गरिएको छ । जङगबहादुर राणाले नेपालको सुगौली सन्धिमा गुमेका कति जिल्ला फिर्ता मागेको इतिहास आजका नेताले पूरै बिर्सिएको स्थिति छ । ‘कुवाको भ्यागुता’ मा राष्ट्रपति भक्ति गर्ने सन्देश सम्पे्रषण हुन्छ । राष्ट्रबाट विदेश गए त्यहाँका नागरिकको नोकर भइन्छ । ‘बहिष्कार’ शीर्षकमा प्रकृति र मानवका विषयभित्र नेताका टोकाटोक पनि समेटिएका छन । यहाँको समय चिनाउन लघुकथा लेखिएका छन ।

२.३ विविध विषका लघुकथा कुनै कथा सामाजिक र राजनैतिक जस्ता लागेपनि अलग उचाइका पनि छन, ती शीर्षकलाई विविधमा राख्न सकिन्छ । ‘अस्तित्व’ यसै धर्मको कथा हो जसमा नेपालको भूमि मात्र नसमेटिएर संसारकै नियम आकर्षित भएको छ । आफनो इच्छाले पुडके शरीरलाई अग्लो अब्राहम लिङकनको वा ज्यो वाइडेनको जस्तो बनाउन मानवले सकेको छैन । यहाँ काँडाले रूप बदलेर फूल बन्न पाउँदैन । ‘खाता बन्द’ आर्थिक मामिला, मिटर, ब्याज, तिरेर नतिरिने ऋणको ढडडाको सन्दर्भलाई संवादबाट पुष्टि गरिएको पाठ हो । ‘बसाइँ’ तासका खेलसित जोडिएको हारजितको कथा हो । ‘आयातित’ फरक विषयमा अडिएको लघुकथामा आजको समय गाईको स्थानमा कुुकुर पाल्ने पश्चिमी संस्कारको पर्दा खुलाउने कथा हो । यसले मुहूर्तलाई खुलस्त पारिदिन्छ । यसले वि।सं। २०६० पछिको युग चिनाइन्छ । मानव चरित्रको पठनका लागि ‘भाग्यमानी कुकुरहरू’ मा स्याल, गोही, चिल, गिद्ध आदि पशुका चरित्र मानवले बोकेको देखाउने प्रयास भएको फरक सन्दर्भको पाठ भेटिन्छ । ‘क्रयशक्ति’ अर्थबोधमा कठिनाइ हुने किसिमको कथा पनि छ । ‘निरूत्तर’ अति छोटो कथामा आजको समय चिनाउने एउटा तीर हो भने अर्को तीरले नेतागिरीको फायल खोल्छ । यी कथामा प्रत्यक्षवाद–विधेयवादका क्षण र पर्यावरणजस्ता बुँदा आकर्षित छन ।
३. निष्कर्ष कोइराला ‘डगल्यान्ड’ लघुकथाको पुस्तकले समग्रका गतिविधिमाथि सरल व्यङग्य गर्छन । कतिपय कथामा छोपेर लगिएको एक वस्तु उचित ठाउँमा खोलिएको छ भने कति ठाउँमा बिचैमा खोलिएको भेटिनेछ । कतिपय लघुकथामा पात्रहरू प्रतीकात्मक छन । जनावर अथवा निर्जीव पात्रहरू भए पनि मानवकै प्रशंसा र आलोचनार्थ आएका साधन हुन । आजको समाज र राजनीतिको क्षेत्रमा खपिनसक्नु उकुसमुकुस छ । यहाँ यति बेथिति छन । तिनलाई जति चिरेर देखाए पनि समेटन कठिन हुन्छ । गहिराईमा छुन कठिन हुन्छ । यहाँका लघुकथाको प्रयास भूमि छुने नै हो ।