सम्पर्क

नेकपा एमालेको सिन्धुपाल्चोकको जिल्ला अधिबेशन सर्बसम्मतको प्रयास

सिन्धुपाल्चोक जिल्लाको दशौ महाधिबेशन शुक्रबारबाट सुरु भएको छ । पाटी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीको प्रमुख अतिथ्यतामा हुने भनिएता पनि एमाले केन्द्रीय अनुशासन आयोगका पुर्व अध्यक्ष अमृत कुमार बोहारोको प्रमुख अतिथ्यतामा अधिबेशन भएको हो ।
नेकपा एमालेको जिल्ला अध्यक्ष कमल नेपालको अध्यक्षतामा चौताराको टुडिखेलमा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेस इन्चार्ज गुरु बराल, स्थायी कमिटीका सदस्य पुर्ब मन्त्री शेर बहादुर तामाङ, अरुण नेपाल, गोकुल बास्कोटा, दावा तामाङ, शरेस नेपाल, लगाएतका नेताहरुको आतिथ्यतामा अधिबेशनको उद्घाटन भएको हो । शुशीला पाख्रीनले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन रामचन्द्र बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको अतिथी व्यवस्थापन सुरक्षाको व्यवस्था डबले लामाको नेतृत्वमा भएको थियो ।
कार्यक्रममा झाँक्री नाचका साथै राष्टिय कलाकारहरुद्धारा संस्कृती कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । जिल्ला अधिबेशन उद्घाटन समारोहको लोकप्रिय समाचारले प्रत्यक्ष प्रशारण गरेको थियो । उद्घाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य एवम जिल्ला इञ्चार्ज गोकुल बास्कोटा, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल लगाएत एमालेका नेताहरु र नेपाली काँग्रेस, नेकपा माओबादी र राप्रपाका नेताहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । १०आंै जिल्ला अधिवेशनमा अध्यक्षमा दुई जना बिच प्रतिष्पर्धा हुने निश्चित हुने बताइएता पनी यो समाचार तैयार गर्दासम्म कुनै आधिकारिकता बाहिर आएको छैन । अन्य पदहरुका आकांक्षीहरुले पनी आफ्नो धारण र सार्वजनिक गरेका छैनन् । एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको बन्द सत्र शनिबार बिहानबाट सुरु हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले समारोहको समापन गर्दै जानकारी दिनुभयो । जिल्लाका १२ पालिका भित्रका १०३ वडा, जनवर्गीय संगठन, मनोनितसहित अधिवेशनमा ७ सय ४७ प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।