सम्पर्क

स्याउलेको वडा कार्यालय भवनको शिलान्यास

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबिच चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास गर्दै नगर प्रमुख सापकोटाले समयमा नै काम सकाउन निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । असार मसान्तसम्ममा कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको भवनको निर्माण कार्य ढिला सुरु भएतापनी समयमा नै सम्पन्न हुने विश्वास लिएको नगरप्रमुख सापकोटाले बताउनुभयो । उँहाले भवन निर्माणमा जग्गाका कारण ढिला भएको भन्नु हँदै ढिला भए पनी भवनको जग बलीयो भयो नगरपालिकाबाट २ लाख रुपैयाँ थप गरेका कारण भवनको जग माटो नभई चट्टानमा बस्न गएको छ त्यसैले भवन बलियो हुने बिश्वास लिएको बताउँनु भयो । उहाँले नगर भित्रका कतिपय वडा कार्यालय जाने बाटो असहज भएको हुँदा सेवा प्रवाहमा सहजता ल्याउन बजेट व्यवस्थापन गर्दै आएको समेत बताउनुभयो । आफ्नै पहलमा स्याउले बजारको खानेपानीको समस्या समाधानको लागी १ करोड बजेट बिनियोजन गरेको बताउदैँ उहाँले यसलाई थप बजेटको लागि निरन्तरता दिन पहल गरिने समेत बताउनुभयो । यसैगरी भवन सिलान्यास कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता थापाले नगरपालिका भित्रका सबै वडाका सेवा प्रवाह अब पक्की भवनबाट प्रदान गरिने बताउनुभयो । कच्चि भवनबाट सेवा प्रभाव गर्दा कर्मचारीमा हुने विभिन्न किसिमका डर र चिन्ताको अन्त्य हुने बिश्वास लिएको समेत उपप्रमुख थापाले बताउनुभयो । वडा कार्यालय भवनको निर्माणको काम असार मसान्त भित्र इष्टिमेट अनुसार सम्पन्न गर्नेगरी सुभारम्भ इन्जिनियरिङ कन्सट्रक्सन एण्ड कन्सलटेन्ट प्रा.लि. सँग सम्झौता भएको बताउँदै वडा अध्यक्ष युवलाल श्रेष्ठले वडा कार्यालय भवन निर्माणसँगै पुरुषका लागी पनि स्थायीहरुको सहयोगको आबश्यक भईरहन पर्ने बताउँनु भयो । उहाँले छोटो समयमा पनि धेरै नागरिकको उपस्थिती भएकोमा खुशी लागेको बताउँनु भयो । न्यायिक समितीका सदस्य समेत रहनु भएको वडा सदस्य रामशरण अधिकारीले १२ सय स्क्वायर फिटमा २ तले भवन निर्माण हुन लागेको हो ।
साविक वडा कार्यालय रहेकै जग्गामा नयाँ भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । विगतमा कच्चि भवनबाट कार्य संचालन गर्दा विभिन्न किसिमका अवरोधहरुको सामना गर्नुपरेको स्मरण गर्दै वडा सचिव राजबहादुर श्रेष्ठले नयाँ भवन निर्माण हुन लाग्दा निकै आनन्द महसुस भएको बताउदै अहिले वडा कार्यालयमा कम्प्युटर समेत नभएर काम गर्न समस्या रहेको बताउँनुभयो ।
पूर्व वडाअध्यक्ष सानोकान्छा श्रेष्ठले आफ्नै कार्याकालमा भवन निर्माणका लागि आब्यक कामहरु भएको बताउँदै अहिले भवन बन्न लागेकोमा खुशी लागेको बताउँनु भयो । उक्त भवन शिलान्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधि, नागरिक समाज, टोल विकास संँस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो । सिल्यान्यास कार्यक्रमको लोकप्रिय समाचारले प्रत्यक्ष प्रशारण गरेको थियो ।