सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको मनोबल उच्च, राखेर खेल खेल्न सकुन भन्दै नगरप्रमुख बालकृष्ण बस्नेतले खेलाडिहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । बाह्रबिसे नगर पालिकाकि मित्र राष्ट्र चाइनामा हुन गैरहेको अपांग टेबुल ट्रेनिश प्रतियोगितामा भाग लिनको लागि जादै गर्दा बाह्रबिसे नगरपालिका प्रमुख र उप प्रमुखको तर्फबाट बिजयको शुभकामना सहित एक लाख प्रोत्साहन खर्च सहित बिदाई गरिएको छ ।
सो अबशरमा नगर प्रमुख बस्नेतले खेलाडी राष्ट्रको गहना हो, भन्नु हँदै आफू नगर प्रमुख नहुँदा पनि असाहय अपाङ्गता तथा जेष्ठ नागिरकलाई आफुले सहयोग गर्दै आएको बताउँनुभयो । बाह्रबिसे नगरपालिकाद्वारा बाह्रबिसे नगरपालिका वडा न ६ निबासी लाली तामाङ एसिएन पारा खेल २०२३ मा नगरपालिकाबाट छिमेकि राष्ट्र चिनको अपाङ्ग तर्फको टेबुल टेनिस खेलकुदमा सहभागी हुन जान लाग्नु भएको हुँदा बाह्रबिसे नगरपालिकाबाट नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्रमुखद्वारा एक लाखको चेक दिई प्रोत्साहनका साथ पठाईएको हो ।
बिदाईका क्रममा उपप्रमुख मन्जु तामाङ्गले महिला त्यसमाथि पनि अपाङ्गता भएका ब्यक्ती जसले चिनमा भएको टेबुल टेनिस खेलमा भाग लिएर जित हासिल गर्न जान लाग्नु भएकोमा सिङ्गो नगर हर्षित भएको बताउँदै यस्ता कार्यमा प्रोत्साहन दिनसके उहाँहरुको आत्माबल बढ्ने र खेलमा जित हासिल गर्ने बताउँदै जितको शुभकामना दिनुभयो ।
सो अबशरमा नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख प्रमुख मञ्जु तामाङ प्रमुख प्रशासकीय अधिकृत माधब प्रसाद अधिकारी, वडा नं ९ का वडाध्यक्ष बिष्णु बहादुर राय लगायत विभिन्न वडाअध्यक्षहरु लगायतले जितको अग्रीम शुभकामना ब्यक्त गर्नु भएको थियो ।
