
निर्मल बस्नेत
जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले नगरपालिकाका दुई मुख्य व्यापारिक केन्द्रको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु फेला परेका छन् । नियमविपरीत कारोबार गर्ने ३ व्यवसायीलाई पनि जरिवाना गरिएको छ । जरिवाना हुनेमा १ औषधि पसल, १ किराना पसल र १ होटर रहेका छन् । अनुगमन समिति बलेफी गाउँपालिका नं २ वडा जलविरे तरी बजार वडा नं. १ फेदीबजार, सिम्लेबजार र जुगल गाउँपालिका ५ वटा धान्देबजारमा अनुगमन गरिएको थियो । अनुगमनमा २४ पसललाई समावेश गरिएको थियो । अनुगमन समितिका सदस्य विश्वनाथ काफ्लेले बजार अनुगमनका क्रममा भुजिया, पानीपुरी मसला, बदामको जुस, दालमोथ, तरकारी मसलालगायत म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको बताउनुभयो ।
त्यसैगरी अनुगमनका क्रममा नेपालीहरुको विशेष चाड दशै र तिहारमा अखाद्य तथा म्याद गुज्रेका सामान बेच्न नपाइने गरी बढी सामाग्री खरिद हुने गरेको जिल्ला प्रशासन कार्यालय खतियाका नायब सुब्बा खोपनाथ नेपालले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी निरजन श्रेष्ठको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले नगरपालिकाका २ वटा मुख्य व्यापारिक केन्द्रको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, गृह तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय जलभेरे, जनप्रतिनिधिको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियोे । अनुगमनका क्रममा पसलमा देखिने मूल्यसूची राख्न, साइनबोर्ड राख्न, व्यवसाय दर्ता नवीकरण गर्न, अनुमति लिन निर्देशन दिइएको अनुगमन समितिका सदस्य गृह तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले बताउनुभयो । रक्सी व्यवसाय दर्ता गर्न र व्यापार क्षेत्र सफा गर्न उहाँले जिल्लाका सबै बजार क्षेत्रमा अनुगमनलाई कडाइका साथ लागु गरिने बताउनुभयो ।
