सम्पर्क

पहिरोले अवरुद्ध सडक संचालनमा

मेलम्ची पाँचपोखरी अन्तर्गत अवरुद्ध भएको सडक संचालन ल्याएको छ । अविरल वर्षाका कारण विगत २ हप्तादेखी पहिरोका कारण अवरुद्ध सडक शुक्रबार बिहानबाट पुर्ण रुपमा संचालनमा आएको छ । पहिरो पन्छाउने काम सम्पन्न भएको र सडकमा सवारी चल्न थालेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । सडक बन्द हुँदा चाडपर्व मनाउन आउँजाउ गर्ने लगायतलाइ समस्या भएको थियो । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्न सडक गत असार १ र साउन १६ मा आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यातायात सञ्चालन र पैदल हिँड्न समेत समस्या भएसँगै मेलम्ची नगरपालिकाले उक्त सडक खण्डलाई सुधार गरि सञ्चालनमा ल्याएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।