सम्पर्क

नवलपुरमा सरसफाइ कार्यक्रम

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईन्द्रावती गा.पा.४ स्थित नवलपुर बजार परिसरमा सरसफाई कार्यक्रम गरिएका्े छ । शुक्रबार समुदाय र ईलाका प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शिव बुढाथोकिको कमाण्डमा प्रहरी टोलि सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, बुद्धिजीवी एवम् समाजसेवीहरुको सहभागिता रहेको थियो ।