सम्पर्क

सिन्धुपाल्चोकका जिल्ला प्रहरी कार्यालय प्रमुख पुरस्कृत

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव पुरस्कृत हुनुभएको छ । स्थानिय निर्वाचनलाई शान्तिपुर्ण एवं त्रुटी रहितढंगबाट सम्पन्न गराउन प्रभावकारी भुमिका निर्वाह गर्नुका साथै समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा आफुलाई सुम्पिएको जिम्मेवारी ईमान्दारीपुर्वक एवं प्रशंसनीय ढंगबाट निर्वाह गरेकोले एसपी यादव सम्मानित हुनुभएको छ । उहाँलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक पुजा सिंहले नगद पुरस्कारद्धारा पुरस्कृत पुरस्कृत गर्नुभएको हो । प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले बिभागिय अडर आदेशको पालना गर्नुका साथै आफुलाई दिईएको जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट आफ्नो बुद्धी बिबेकले भ्याए सम्म कर्तब्यनिष्ठ भई काम गरेको भन्दै उहाँ सम्मानित हुनुभएको हो ।
अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्ने तथा मनोबल उच्च रहने भएकोले प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (ख) ले दिएको अधिकार प्रयोग गरी यादवलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।