नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल निर्विरोध चयन हुनुभएको छ । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलको नेपाललाई सर्वसम्मत् अध्यक्ष चयन गरेको हो । अध्यक्ष चयन हुनुभएका नेपाल यसअघी जिल्ला पार्टी सचिव हुनुहुन्थ्यो ।
त्यसैगरी उपाध्यक्षमा रामचन्द्र बस्नेत, सचिवमा बिष्णुमणी आचार्य, उपसचिवमा चिरन तामाङ र सुशिला पाख्रिन सर्वसम्मत चयन हुनुभएको छ ।
पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । नेतृत्व चयनमा सकस भएपछि अधिवेशन स्थगित गरिएको थियो ।
