सम्पर्क

सेकेण्ड आरब्लु विन्टर स्ल्याम ‘रेस्लिङ’ चट्टानले उचाले ‘आरडब्लु हेभिवेट’ उपाधी

अनिश तिवारी
सिन्धुपाल्चोक– जिल्लामा २ लाख ६५ हजार पुरस्कार राशी भएको ‘सेकेण्ड आरडब्लु स्ल्याम रेस्लिङ’ पा“च विधाको प्रतियोगिताअन्र्तगतको ठुलो ‘आरडब्लु हेभिवेट रेस्लर’ को उपाधी चौतारा सा“गाचोकगढी नगर चौताराका चट्टानले उचालेका छन् । जिल्ला समन्वय समितिको प्रायोजनमा नेपाल रिङ रेस्लिङ एशोसेसियनद्वारा शनिवार मेलम्ची नगर ,पा“चपोखरी र इन्द्रावती गाउ“पालिकाको सीमाभेग गुफाडा“डामा आयोजित प्रतियोगिताको ‘आरडब्लु हेभिवेट म्याच’मा उनले चर्चित रेस्लर साइमलाई रिङमा टिक्न नदिएर केही समयमै हराए । दोश्रो कठिन विधा ‘मिडिल वेट म्याच’ खेलमा फिट रेस्लर डेभिडले युबिएल स्टोनलाई पछार्दै ‘मिडिल हेभिवेट’ पुरस्कार हात पारे ,रिङबाट केही समय बाहिरिएपनि उनले जितेर छाडे ।
‘हार्डकोर म्याच’मा किगं रोर्बटले उत्साही नुवाकोट टाइगरलाई धेरै समय लगाएर हराउनुप¥यो ,अधिक समय रिङ बाहिर दौडाएर दुवैबीच घमासान खेल चल्यो । टाइगरले टेबुल , फलामे कुर्सीले रोबर्टलाइ प्रहार गरेर थकित बनाएपनि रोर्बटले रिङ भित्र हराएर छाडे । त्यसैगरी ‘रेस्लिङ म्याचभरकी एक्ली महिला रेस्लर तन्नुले सिजे वल्र्डलाई पछार्दै ‘लाइट वेट म्याच’की च्याम्पियन बनिन् ,उनले आफुलाई जिस्काइरहेका वल्र्डलाई लक लगाएर रिङमा धकेल्दै गलाइन् । सुरुमा कमजोर देखिएकी उनले अन्तिममा जित हासिल गरिन् । रेस्लिङ विधाको रोचक खेल ‘ट्याग टिम म्याच’मा योङ्ग स्याडी , एक्स हिरो र बाका गरीे तीन प्रतिस्पर्धी थिए , जसमध्ये उपाधीको लागि तीन जनाको रिङभित्र रोचक घम्साघम्सी चल्यो, अन्तिममा एक्स हिरो रिङबाट बाहिरिए, फलस्वरुप छोटो समयमा बाकालाई हराएर योङ्ग स्याडीले ‘ट्याग टिम’ उपाधीको बिजेता भए । जिल्ला समन्वय समितिकाअनुसार ‘सेकेण्ड आरडब्लु स्ल्याम रेस्लिङ’ पा“च विधाको उपाधी बिजेता रेस्लरमा आरडब्लु हेभिवेट वेट म्याचमा ७५ हजार , मिडिलमा ५० हजार, हार्डकोर ६५ हजार ,लाइट ३५ हजार र ट्याग टिमका बिजेताले ४० हजारसहित मेडल ,प्रमाणपत्र पाए । शनिवार प्रतिनिधि सभा सदस्य पूर्वमन्त्री शेरबहादुर तामाङ, मेलम्ची नगरका मेयर डम्बर अर्यालसहित अन्य जनप्रतिनिधिले बिजेतालाई पुरस्कार वितरण गरेका थिए । चारवर्षअघि ७७ जिल्लाका समन्वय समितिको प्रमुख उपप्रमुखको उपस्थितीमा जलवायु सम्मेलन भएको गुफाडा“डामा ‘सेकेण्ड आरडब्लु स्ल्याम रेस्लिङ’ पा“च विधाको प्रतियोगिता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । जिल्लामा मुस्किलले हुने यो ‘रेस्लिङ म्याच’ हेर्न स्थानीय र अन्यको भिड लागेको थियो , जसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको उनले उल्लेख गरे । ‘गुफाडा“डाको पर्यटन प्रवद्र्धन होस् भनेर यो खेल आयोजना गरिएको हो , यसले जिल्लाको पर्यटन र खेलमा सघाउ पुग्नेमा म ढुक्क छु,’उनले भने । चार वर्षअघि भएको सम्मेलनको दिनलाई सम्झिएर यह“ा जलवायु दिवस मनाइने गरिएको छ । शनिवार यही गुफाडा“डा क्षेत्रमा तेश्रो जलवायु दिवस मनाएर यो खेल भएको उनको भनाइ छ ।
सेकेण्ड आरब्लु विन्टर स्ल्याम ‘रेस्लिङ’ ः सिन्धुपाल्चोकको मेलम्ची नगर ,पा“चपोखरी र इन्द्रावती गाउ“पालिकाको सीमाभेग गुफाडा“डामा जिल्ला समन्वय समितिको प्रायोजनमा नेपाल रिङ रेस्लिङ एशोसेसियनद्वारा शनिवार आयोजित खेलमा उपाधी लिएपछि बिजेता टिम ।