

हेलम्बु÷ सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा बाक्लो हिमपात भएको छ । मंगलबार राति भारी बर्षासङ्गै हिमपात भएको हुदा हेलम्बुका मथिल्लो भेगहरुमा अझै हिमपात भैइरहेको स्थानियहरु बताउँछन् ।
खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन् । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् । शेर्माथाङ्ग, थालो, आमायाग्री, तार्केघ्याङ्ग, मेलम्चिघ्याङ्ग, सुर्सिङ्ग लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ ।
बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेका छन् । बन्दै गरेको हेलम्बु ग्रेट ट्रेल हिउका कारण आकर्षक देखिएको छ जसको कारण नजिकका भेग बाट आन्तरिक पर्यटकहरु फाट्ट फुट्ट देखिन थालेका छन् । पर्यटकहरुलाई हिउँले आकर्षक गरेपनी हिउँका कारण अत्यधिक चिसो बढेको छ । चिसोका कारण नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ । यहाँका नागरिक आगो तापेर घरमै बस्नुको नरहेको स्थानियहरु बताउँछन् ।
