चितवनमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। बागमती प्रदेश ०१–००३ प ४२९० नम्बरको कारले पैदल हिँडिरहेका अन्दाजी २०–२१ वर्षका एक युवकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । दुर्घटनामा उनको बाँया खुट्टा भाँचिएको थियो भने अवस्था गम्भीर रहेको कारण उनी बोल्न सक्ने अवस्थामा थिएनन्।
घाइते युवकलाई तत्काल सरकारी अस्पताल भरतपुरमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा राति ११ः५५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छै
न।
उनी तराई मूलका जस्तो देखिने र करिब २१ वर्षका पुरुष रहेको बताइएको छ।
दुर्घटनामा संलग्न कार र चालक भरतपुर महानगरपालिका–२ निवासी २० वर्षीय निर्मल मल्ल रहेका छन्। उनी हाल उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ। कारका कागजपत्रसहित सवारी साधन र चालकलाई जिल्ला प्रशासन कार्यालय चितवनको नियन्त्रणमा राखिएको छ। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट कृष्णपुरबाट प्रहरी निरीक्षक अनिल कुमार झाको कमाण्डमा टोली खटिएको थियो। घटना सोही पोष्टबाट करिब २ किलोमिटर पूर्वतर्फ घटेको बताइएको छ।
