सम्पर्क

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनको नेतृत्वका विच सहमति नहुँदा निर्वाचन हुने अध्यक्षमा तिन जनाको भिडन्त

नेकपा एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि चौतारामा सुरु भएको छ । चैत १६ गतेबाट सुरु भएको अधिवेशनमा जिल्ला नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
वर्तमान अध्यक्ष कमल नेपाल, एमाले नेता होमनारयण श्रेष्ठ र बादल तामाङले उम्मेद्वारी दर्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ । अधिवेशन सुरु भएको दोस्रो दिनसम्म समेत कुनै पदमा सहमति जुट्न सकेन । कुनै पदमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने लगभग निश्चित भएको हो ।
त्यस्तै उपाध्यक्ष पदमा अर्जुन भण्डारी, बिष्णुमणी आचार्य र सुदनराज गिरीले उम्मेद्वारी दिनुभएको छ । सचिवमा कृष्णगोपाल तामाङ र यज्ञराज सापकोटाले उम्मेद्वारी दिनुभएको निर्वाचन समितिले जनाएको छ ।
बन्द सत्रमा सांगठनिक, राजनीतिक, आर्थिक लगायत सिन्धुपाल्चोक समृद्धिको खाका पेश गरिएको र प्रतिवेदनहरु पास भएपछि नेतृत्व चयनको कार्य सुरु भएको एमालेले जनाएको छ । जिल्लाका १२ पालिका भित्रका १०३ वडा, जनवर्गीय संगठन, मनोनीतसहित अधिवेशनमा ७ सय ४७ प्रतिनिधिहरु सहभागी हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।
आईतबार बिहान अन्तिम नामवाली प्रकाशन भएपछि मतदान सुरु हुने एमालेले जनाएको छ ।