सम्पर्क

बाह्रबिसे ५ को वडा कार्यालय भवन शिलान्यास

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ५ गातीको वडा कार्यालय भवनको शिलान्यास भएको छ । बाह्रबिसे नगरपालिका नगरप्रमुख बालकृष्ण बस्नेतले एक समारोहको बिच शनिबार शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै नगरप्रमुख बस्नेतले नगरपालिकालाई नेपालकै नमूना बनाउनका लागि अथक प्रयासहरु भइरहेको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि सिहदरबारको अधिकार गाउँगाउँमा भनेको छ, हामी स्थानिय सरकार यसका लागि काम गरिरहेका छौं तर श्रोत र साधनका कारण यो अधिकार पुरै पाउन ढिलाई भईरहेको उहाँले बताउनु भयो ।
उहाँले बिकास प्रेमि नेता मोहन बहादुर बस्नेतले बिकासका हरेक कार्यक्रममा बजेटको व्यवस्था गरिदिनु भएकोमा आफुहरुलाई स्थानिय नागिरकलाई दिनपर्ने सेवाका लागि सहजता भएको बताउदै यो वडा कार्यलय भवन निर्माण भएपछि स्थानिय नागरिकलाई सेवा दिन अझ सहजता हुने बताउनुभयो ।
निर्माण गर्नको निम्ति आ.ब २०८०÷८१ को बजेट ४००००० चालीस लाख बजेट बिनियोजन भएको सात कोठो दुई ढलान भवन निमार्ण हुन लागेको वडा नं. ५ का वडा अध्यक्ष श्याम बहादुर तामाङले जानकारी दिनुभयो ।
वडा भवन नहुदा वडाबासिलाई सेवा दिन समस्या परेको बताउदै वडाका नागिरकलाई सेवा दिनका लागी अब
माथिल्लो लागार्चे बाटै सहज हुने र दिगो समयसम्म सेवाग्राहीहरु लाभान्वित हुने समेत बताउनु भयो ।