सम्पर्क

मेलम्चीद्धारा हेलम्बुलाइ १०लाख सहयोग

 

विपद् व्यवस्थापनको लागि मेलम्ची नगरपालिकाबाट छिमेकी हेलम्बु गाउँपालिकालाई१०लाख सहयोग प्रदान गरेको छ ।सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगर पालिकले हेलम्बु गाँउपालिका र पाँचपोखरी थाम्पाल गाँउपालिकालाइ १०,१० लाख रुपैया सहयोग गर्ने निर्णय थियो । नगरपालिकाले बाढीका कारण क्षति पुर्याएको पाँचपोखरी थाङपाल गाउँपालिकालाई यस अघि रु १० लाखको चेक हस्तान्तरण गरेको थियो । उक्त सहयोग सम्बन्धमा मिति २०८० साल भाद्र १७ गते बसेको कार्यपालिका बैठकबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको थियोनगर प्रमुख आइतमान तामाङले हेलम्बु गाउँपालिका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पालाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । आइतबार नगर प्रमुख तामाङको कार्यकक्षमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गर्नु भएको नगर सचिवालयका मानकाजी पाख्रीनले जानकारी दिनु भयो । उँहाका अनुसार वर्षातको समयमा आएको बाढीका कारण हेलम्बुमा भएको क्षति न्यूनीकरण तथा पुनर्निर्माणका लागि नगरपालिकाले हेलम्बु गाउँपालिकालाई उक्त सहयोग उपलव्ध गराएको हो । सहयोग कार्यक्रममा वडाअध्यक्षहरु प्रेम बहादुर तामाङ र चन्द्र बहादुर तामाङ लगायतको उपस्थिति थियो ।