सम्पर्क

Month: २०८१ भाद्र १६ आईतवार

हरिभक्त बुढाथोकीको ‘तिम्रै नाम जप्न पाऔ’ गीत सार्वजनिक

मनोरन्जन, समाचार
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘तिम्रै नाम जप्न पाऔ’ सार्वजनिक भएको छ । टेक विसी र जुनु गौतमको स्वर, भीम बिसीको संगीत र कुमार रानाको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा टेक विसी र रस्मिता तामाङलाई फिचरिङ गरिएको छ । गीत आफूले माया गरेको प्रेमिलाई समर्पित गरिएको छ । ‘सधैंभरि यसैगरी तिम्रै हुन पाउँ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ’ गीतमा भनिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियोलाई बि(स्टार फिल्मसले सम्पादन गरेको हो ।...

सुनकोशी गाउँपालिकाको निर्णय, गाउँपालिकाले नै विद्यार्थी भर्ना गरिदिने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिका भित्रकै क्याम्पसमा अध्ययन गर्ने पालिका भित्रका विद्यार्थीहरुलाई आफैले भर्ना गरिदिने भएको छ ।गाउँकै क्याम्पसमा विद्यार्थीहरुलाई आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले नीति तथा कार्यक्रममा नै गाउँपालिका भित्रका क्याम्पस र गाउँपालिकाका विद्यार्थीहरुलाई भर्नामा कुनै शुल्क नलिने गरेर बजेट व्यवस्थापन गरेको थियो । सोही व्यवस्था अनुसार साउन देखि गाउँपालिका का विद्यार्थीहरुले गाउँपालिका भित्र रहेका क्याम्पसमा अध्ययन गर्दा भर्ना शुल्क दिनु नपर्ने र गाउँपालिका आफैले विद्यार्थीहरुको भर्ना गरिदिने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।सुनकोशी गाउँपालिकामा दुइ वटा सामुदायिक क्याम्पसहरु रहेका छन् । सुनकोशी गाउँपालिका–१ मा ठोकर्पा सामुदायिक क्याम्पस र ७ नम्बर वडामा सुनकोशी क्याम्पसञ्चालनमा रहेका छन् ।गाउँपालिका भित्र रहेका यी दुवै क्याम...