सम्पर्क

Month: २०८१ श्रावण १८ शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताउनुभयोे । यस वर्षको नतिजामा गत वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ एक लाख ९३ हजार नौ सय ३३ छात्र र एक लाख ९६ हजार नौ सय १४ छात्रागरी कूल तीन लाख ९० हजार आठ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयक...

मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन

जिबनशैली, समाचार
काभ्रेपलाञ्चोक, १८ साउन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग जानकारी लिनुभएको हो । मन्त्री दाहाललाई बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका प्रतिनिधिलगायत स्थानीयले वर्षाको समयमा पुण्यमाता खोलाको बाढीका कारण पुग्ने क्षतिबारे जानकारी गराएका थिए । गत मङ्गलबार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँधुरिएपछि केही वर्षदेखि उक्त खोलामा आउने बाढीले अरनिको राजमार्गसमेत अवरुद्ध हुँदै आए...

वर्षमा एकदिन मनाएर युवा दिवस सफल हुँदैनः मन्त्री चौधरी

समाचार
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्नुहुँदै बिहीबार सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिनुभयो । मन्त्री चौधरीले देशका युवाहरु नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताउनुभयो । उहाँले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताउनुभयो । ‘‘अहिले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ । अर्को पटक २६ औं मनाउँछौँ । हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन । तपाईं र हाम्रा देशका युवाहरु जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई...

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाण्डौं विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेजले स्तनपान सप्ताह सुरु गरेको छ । नेपाल मेडिकल कलेजमा आजदेखि एक अवधिसम्म स्तनपान सम्बन्धी सचेतना दिइने भएको छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउनुपर्छ र बच्चा दुई वर्ष नपुग्दासम्म स्तनपान गराउनुपर्ने चिकित्सकहरू बताउँनुहुन्छ । कलेजका प्रबन्ध निर्देशक प्रा डा. आमा र बच्चा दुवैका लागि स्तनपानको महत्वबारे सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम आयोजना गरिएको जैनुद्दीन अन्सारीले जानकारी दिनुभयो । विश्व स्तनपान सप्ताहको उद्घाटन प्रा. डा. अन्सारीसँगै कलेज अस्पतालका निर्देशक प्रा. मोदनाथ मरहट्टा, स्त्री रोग तथा प्रसूति विभागका प्रमुख डा. रीता मरहठ्ठा, बाल रोग विभाग प्रमुख। सविना श्रेष्ठ, मेट्रन नवीना सिंह, विभाग प्रमुख, नर्स तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । साप्ताहिक कार्यक्रममा नवजात शिशुलाई कुन आमाको दूध खुवाउनुपर्छ ? स्...